सांसद शर्माको पहलमा भेरीमा प्रसुती गृह बन्ने

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १४:३७
 

नेपालगञ्ज : सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेकोछ ।

लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिएको छ । तर, अस्पताललाई समय सापेक्ष बनाउन अझै पनि धेरै चुनौती देखाँ परेका छन् । भेरी अस्पतालले प्रदान गर्ने विभिन्न सेवा मध्ये एक प्रभावकारी सेवा प्रसुती सेवा हो । प्रसुती सेवालाई अझै गुणस्तर बनाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य दीपा शर्माले छलफल अगाडि बढाइएकी छिन ।


प्रसुती सेवाका लागि छुट्टै एउटा भवन निर्माण गरेर विशिष्टकृत सेवा उपलब्ध गराउने सोचका साथ छलफल प्रारम्भ गरिएको हो । भेरी अस्पताल नेपालगञ्जको परिसरमै रहेको ३ कठ्ठा जमिनमा उक्त प्रसुती गृह निर्माण गर्ने र अप्रेसनलगायत सबै सेवा उक्त भवनबाटै दिने गरी योजना अगाडि बढाउनेमा सरोकारवालाको राय एकमत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस

१३ माघ २०८०, शनिबार १४:३७
नेपालगञ्ज : केही दिनयता देशभर जाडो बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएका कारण देशभरको तापक्रम घटेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाको तथ्याकं अनुसार शनिवार जोमसोममा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस पुगेको […]