कैलाली : कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ति किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालााई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।