यस वर्षको प्रेम प्रकाश मल्ल‘मधुकर’ स्मृति पुरस्कार निर्मोही र पौडेललाई

सदरलाइन संवाददाता १६ श्रावण २०७८, शनिबार १८:४४
 


नेपालगञ्ज : यस वर्षको प्रेम प्रकाश मल्ल‘मधुकर’ स्मृति पुरस्कार तथा सम्मान कवि इन्द्रराज पौडेल र गायक तथा सङ्गीतकार कमल विके निर्मोहीलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

गीतकार, गायक, सङ्गीतकार, गजलकार, कवि तथा खण्डकाव्यकार स्व.प्रेम प्रकाश मल्ल ‘मधुकर’को ८६ औं जन्मजयन्तीको अवसरमा निर्मोही र पौडललाई संयुक्त रुपमा २५ हजार १ सय ११ नगद राशिको पुरस्कार प्रदान गरिएको हो ।

भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्जको आयोजना तथा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यमा कोरोनाको जोखिमबाट जोगिदै कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष हरि तिमिल्सेनाले जानकारी दिए ।


पुरस्कार  संस्थापक  वाणीश्री मल्ल तथा बखत मल्लले स्थापना गरेको सो पुरस्कार कोषमा दुइ लाख रुपैयाँ थप गरी कोषको रकम ३ लाख चालिस हजार पुराईएको छ । स्व. मल्लका छोरी ज्वाई वाणी र बखतले सो पुरस्कार कोष स्थापना गरेका हुन ।

कार्यक्रममा पूर्णलाल चुके, बिष्णुलाल कुमाल, किरण आचार्य, ईन्द्र बहादुर भण्डारी, महानन्द ढकाल, पुष्प प्रधान, शुक्र ऋषि चौलागाई, खगेन्द्र गिरी कोपिला, झलक गैरे, भरतबहादुर रानाभाट, मणि अर्याल, सुमित्रा न्यौपाने, बोधराज प्याकुरेल साथै विभिन्न साहित्यिक सघं सस्थाका सदस्यलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अगैयाको आर्यघाट शम्शेरगञ्जमा सार्न पहल

१६ श्रावण २०७८, शनिबार १८:४४
नेपालगञ्ज :  राप्तीसोनारी गाउँपालिकाले वडानं २ शमशेरगञ्जमा हिन्दू समुदायको लागि व्यवस्थित आर्यघाट र गौशाला बनाउन थालेको छ । गाउँपालिकाले आर्यघाट र गौशाला निर्माणका लागि गुरु योजना समेत बनाइसकेको छ । अहिलेसम्म राप्तीसोनारीको अगैयामा शव व्यवस्थापन हुँदै आएको छ । अगैया पर्यटकीय स्थलका साथै सिक्टा सिंचाईको मुख्य बाँध भएको र निकुञ्जको […]