बाँकेको बैजनाथमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम

सदरलाइन संवाददाता १० मंसिर २०८०, आईतवार १३:३१
 

नेपालगञ्ज : बाँकेको बैजनाथमा नेकपा एमालेले जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम शुरुवात गरेको छ । बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य रत्न खत्री र आम जनताबीच प्रत्यक्ष अन्तरक्रिया हुने गरि एमालेले आईतबार चिसापानीबाट यो कार्यक्रमको शुरुवात गरेको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य खत्रीले निर्वाचनको समयमा जनताबीच गरिएका प्रतिवद्धता कार्यान्वयन भईसकेको बताए । उनले जनताबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बिश्वास दिलाए ।

एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल, नेताहरु रुपबहादुर मल्ल,पुणितविक्रम शाह, निर्मला मल्ल, प्रेम सुवेदी सहितको उपस्थितीमा चिसापानीबाट कार्यक्रमको शुरुवात भएको छ । कार्यक्रम अन्तर्गत एकदिनमा एउटा वडाका विभिन्न वस्तीमा जनता र प्रदेशसभा सदस्यबीच दोहोरो संवाद र अन्तरक्रिया हुने गरेको छ ।


प्रदेशसभा सदस्य खत्रीले निर्वाचन सम्पन्न भएको एकबर्षको समीक्षा समेत हुने भएकाले जनताबीच पुगेको बताए । बैजनाथमा कार्यक्रम सम्पन्न भएपछि खजुराका वडा नम्बर ५,६,७ र ८ मा पनि यो कार्यक्रम सञ्चालन हुने भएको छ ।

पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिवद्धता कार्यान्वयन भए नभएको बिषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमै खानेपानीको गुणस्तर परीक्षण हुँदै

१० मंसिर २०८०, आईतवार १३:३१
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर ११ मा रहेको बृहद् शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सर्वसाधारणले दैनिक रुपमा प्रयोग गर्ने खानेपानीको मिनि ल्याव मार्फत परीक्षण हुँदै आएको छ । नेपाल सरकराको खानेपानी गुणस्तर मापदण्ड अनुरुप २७ प्रकारका गुणस्तर परीक्षणमध्ये १८ प्रकारका गुणस्तर परीक्षण सेवाहरु सञ्चालनमा रहेको संस्थाका अध्यक्ष टेक नारायण […]

सम्बन्धित