बीचमै पढाई छाड्ने बिद्यार्थीसँग बालसल्लाह

२७ असार २०७६, शुक्रबार १९:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिद्यालय नियमित हुन नसकेका र बिपन्न बिद्यार्थीहरुका लागि नेपालगञ्जमा एक दिने आउट डोर तथा बाल सल्लाह कार्यक्रम गरिएको छ । नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययन गर्दै आएपनि कैंयन कारणले बीचमै पढाई छाडेका तथा बिपन्न बिद्यार्थीहरुलाई उत्पे्ररित गर्न शुक्रबार नेपालगञ्जमा सो कार्यक्रम गरिएको हो ।
बिभिन्न समयमा आर्थिक तथा कार्यक्रमहरुमार्फत सहयोग गरिएपनि बिद्यालय नियमित हुन नसकेकालाई उनीहरुको चाहना तथा समस्या बारे जानकारी लिनुका साथै उनीहरुलाई एक दिनका लागि स्वतन्त्र बनाएर समस्या समाधान गर्ने सीप कार्यक्रममार्फत प्रदान गरिएको छ । सेफ द चिल्ड्रेनको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिको समन्वय र सहकार्यमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेद्धारा सञ्चालित युवा शशक्तिकरण परियोजनाअन्तर्गत बिभिन्न बिद्यालयमा अध्ययन गर्दै आएका र समस्यामा रहेकालाई सहयोग गर्दै आएपनि बिद्यालय छाड्न बाध्य बालबालिकाहरुलाई लक्षित गर्दै कार्यक्रम गरिएको परियोजनाका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा उनीहरुको समस्या, बिचमै बिद्यालय छाड्नुपर्ने अवस्था र समस्या समाधानका उपाय जस्ता कुराका बारेमा खेल तथा व्यवहारिक अभ्यासमार्फत बुझ्ने र बुझाउने प्रयास गरिएको थियो । बिचमै बिद्यालय छोडेका १४ जना तथा संस्थाद्धारा सहयोग पाउँदै आएका गरी १६ जना बालिका र ६ जना बालक गरी २२ जना सहभागि बाल सल्लाह कार्यक्रममा उनीहरुलाई राम्रो (आहा) लागेका कुरा र दुःखी बनाएको कुरालाई समेत बुझ्दै संस्थाले सन २०२० मा उनीहरु र समस्यामा परेका बालबालिका तथा युवाहरुका लागि के कस्तो कार्यक्रम ल्याउनुपर्नेबारे सुझाव समेत लिइएको छ ।
संस्थाले कार्यक्रममा बिद्यालय जान वर्षभरी दश हजार सहयोग गर्दै आएका र बिचमै बिद्यालय छाडेका बालबालिकाहरुलाई सहज तरिकाले बुझाउन सेफ द चिल्ड्रेनकी कार्यक्रम अधिकृत फुल कुमारी चौधरी, परियोजना संयोजक श्रेष्ठ, सहजकर्ता बृजेश ठाकुर र सहजराम यादवले सहजीकरण गरेका थिए । बालबालिकाहरुको क्षमता बिकासमा समेत सहयोग पुग्ने उद्देश्यले गरिएको कार्यक्रममा बालबालिकाहरुले आफ्ना समस्याहरु खुलेर राखेका थिए ।

Next Post

पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२७ असार २०७६, शुक्रबार १९:००
सदरलाइनडटकम, पाल्पा :  पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबारदेखि पाल्पामा शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगितामा १६ स्वर्ण १४ रजत र ११ काँस्य गरि कुल ४१ पदक जित्दै दांग जिल्लाले रनिंग शिल्डको ट्रफी उचालेको छ । त्यस्तै १० […]