एकता युवा क्लबद्वारा पाँचौ पटक रक्तदान

सदरलाइन संवाददाता १३ कार्तिक २०७८, शनिबार १६:०१
 

नेपालगञ्ज : एकता युवा क्लब पुरैनीले शनिवार रक्तदान गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा रहेको क्लब र प्राइमलाइफ इन्श्योरेन्स सहकार्यमा पाँचौ पटक भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

क्लबले गर्नुपर्ने समाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले क्लबकै कार्यलय पुरैनीमा रक्तदान गरिएको हो । कोरोना महामारीका समयमा रगतको अभाबको समस्यालाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष राजेशकुमार यादवले बताए ।


कार्यक्रममा क्लबले बाँकेमा सबैभन्दा बढि रक्तदान गर्ने सरिता ज्ञवाली, गोपीनाथ बैश्य, सामाजिक अभियान्ता सुनिल परियार लगायतलाई दोसल्ला ओढाएर मायाको चिनो हस्तान्तरण गरी सम्मान गरिएको थियोे ।

यस्तै चेत बहादुर घर्ती, मंगल जिएम, सुनिल केसि लगायतलाई मायाको चिनो प्रदान गरिएको अध्यक्ष यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार

१३ कार्तिक २०७८, शनिबार १६:०१
एजेन्सी : अफगानिस्तानको शासन व्यवस्था तालिवानले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा शनिबार काठमाडौं आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको सङ्ख्या ९४० पुगेको छ । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न […]