अनलाइनमा चिठ्ठा पर्यो भन्दै ठग्ने गिरोह नेपालगन्जमा पक्राउ

२४ पुष २०७४, सोमबार १८:३१
 

सदरलाइनडटकम  
२४ पुस, नेपालगन्ज  : फेशबुक तथा अन्य सामाजिक सञ्जालमा तपाईलाई चिट्टा पर्यो भन्दै ठगी गर्ने गिरोह बाँके प्रहरीको चुंगुलमा परेको छ ।
केही समयदेखि देशका विभिन्न भागमा रहेका सार्वसाधरणहरुसंग सामाजिक सञ्जाल तथा फोन मार्फत ‘तपाईलाई चिठ्ठा पर्यो भन्दै चिठ्ठाको रकम लिनको लागि अग्रिम ट्याक्स (कर) अग्रिम बुझाउनु पर्छ र कर वापत यती रुपैयाँ लाग्छ’ भन्दै भाईबर, फेशबुक, व्हाट्अप,ईमो, ईन्टाग्रामबाट जस्ता सामाजिक सञ्जालबाट सम्पर्क गरी पैसा लिएर ठगि गर्ने गिरोहलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको प्रहरी निकट स्रोतले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जका विभिन्न ठाँउका मनि टान्सफर सेन्टरबाट सो कार्यमा सहभागि भएको आरोपमा एक जना भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान अघि बढाएको प्रहरी निकट स्रोतले जनाएको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन ।
प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार चार जनाको गिरोहमा रहेको सो समुहले फेशबुक, व्हाटर्सअप, ईन्टाग्राम, ईमो र भाईबरमा चिट्टा परेको बताउदै चिट्टा बापत पाउने रकमको केही प्रतिशत रकम अग्रिम टेक्स (कर) बुझाउनु पर्ने भन्दै प्रभु, आईएमई, सिटीएक्सप्रेसबाट पैसा पठाउन लगाएर सम्पर्क बिहीन हुँने गरेकाहरु तीन दिन अघि बाँके प्रहरीको चुंगुलमा परेको भए पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
गिरोहमा रहेको चौथो व्यक्ति भारतीय नागरिक फरार रहेको र पीडितहरु प्रहरीको सम्पर्कमा आई नपुगेकोले प्रहरीले उनीहरुलाई अनुसंधान मै राखेर फरार अभियुक्तसंगै पीडितको खोजि गरी रहेको कारणले प्रहरीले सो घटनालाई सार्वजविक नगरेको प्रहरी निकट स्रोतले जनाएको छ ।
‘झापादेखि नेपालगन्जसम्मका पीडित रहेको जानकारीमा आएको छ । २५ हजारदेखि डेढ लाखसम्म पठाउने पीडितको जानकारी भएको छ । अझै खोजी हुँदैछ यो भन्दा पनि बढी हुन सक्छ’–प्रहरी निकट स्रोतले भन्यो । यसैबीच सो घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले प्रहरीले जानकारी मात्र लिएर बसेको तर, कसैलाई पनि नियन्त्रणमा नलिएको बताए ।

Next Post

रासायनिक मलको अभावको कारण हिउँदे खेती प्रभावित हुने

२४ पुष २०७४, सोमबार १८:३१
सदरलाइनडटकम   २४ पुस, नेपालगन्ज : रासायनिक मलको अभावमा बाँकेमा यसवर्षको हिउदे बाली प्रभावित हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका बालि प्रसार तथा सुचना अधिकारी धनबहादुर पुनले दिएको जानकारी अनुसार यसवर्षको हिउँदे बाली लगाउने बेलामा रासायनिक मलको अभावको कारण बालीको उत्पादनमा कमी आउने देखिएको हो । उनले दिएको […]