हाईस बसको ठक्करबाट चितुवाको मृत्यु

१८ पुष २०७४, मंगलवार १९:३४
 

सदरलाइन / रुद्र सुवेदी    
१८ पुस, नेपालगन्ज : पूर्वपश्चिम राजमार्ग अन्तरगतको राप्ती सोनारी गाउँपालिका–१ बाघखोरमा हाइस बसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ । मंगलबार मध्यान्ह १२ बजेतिर नेपालगन्जबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको यात्रु बाहक हाइस बसले बाँके राष्ट्रिय निकुन्जमा पर्ने पूर्वपश्चिम राजमार्ग बाघखोरमा चितुवालाई ठककर दिँदा घटनास्थल मै मृत्यु भएको हो ।
बाँके राष्ट्रिय निकुन्जले दिएको जानकारी अनुसार चितुवालाई ठक्कर दिएर फरार भएको हाइससहित चालक प्युठानका ऐमलाल रानालाई दाङ्गको अमेलिया प्रहरीले पक्राउ गरी बाँके राष्ट्रिय निकुन्जलाई बुझाइएको निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकारी लालबहादुर भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार सडक पार गर्ने बेला तिव्र गतिमा रहेको हाइसले चिुतवालाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट चितुवाको मृत्यु भएपछि भागेका चालक रानालाई प्रहरीको टोलीले अमेलियामा पक्राउ गरी मंगलबार नै बाँके राष्ट्रिय निकुन्जलाई बुझाइएको भण्डारीको भनाई छ ।
चितुवा अन्दाजी तीन वर्षको भएको बताइएको छ । चालकलाई अनुसन्धान भइरहेकाले वन्यजन्तु तथा राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार कारबाही गरिने जानकारी प्राप्त भएको छ । शितलहरका कारण बाख्लो हुस्सु लागेका कारण जनावरहरु बाटोमा पारगर्दा गर्दा तिव्र गतीका सवारीको शिकार हुने गरेका छन् ।
निकुन्जले वन्य जन्तुको क्षेत्रमा सवारी साधान सिमीत गतिमा चलाउन अनुरोध समेत गरेको छ । भण्डारीले भने, ‘चिसोका कारण बाख्लो कुहिरो लाग्ने र सडक नदेखिँदा कैयौं वन्यजन्तु मरेको पाइएको छ, सवारी चालकले निकुन्ज क्षेत्रमा विस्तारै चलाउन हामीले अनुरोध गरेका छौं ।’

Next Post

महिलालाई आर्थिकरुपले सक्षम बनाउन माईतीको सीपमुलक तालिम

१८ पुष २०७४, मंगलवार १९:३४
सदरलाइनडटकम, १९ पुस, नेपालगन्ज :  सिकेको सीपलाई व्यावसायमा बदल्न सके आईपर्ने जोखिम आफै हराएर जाने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । घरेलु हिंसा पीडित तथा बेचविखनको जोखिममा पर्न सक्ने महलिाको लागि लक्षित गरी माईती नेपाल नेपालगन्जले बर्दियाको बढैयाताल गाउपालिका मैनापोखरमा आयोजना गरेको १२ दिने सीपमुलक खेलौना निर्माण तालिमको समापनका सहभागिले […]