टर्कीमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु

सदरलाइन संवाददाता १५ कार्तिक २०७७, शनिबार ०९:२१
 

काठमाण्डौ : टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण २२ जनाको मृत्यु भएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण सो क्षेत्रका घरहरु भत्किएका छन् । अहिलेसम्म २२ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।


टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा दुईजनाको मृत्यु भएको पुष्टि भएको हो । भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ । (एजेन्सी)

Next Post

आइपिएल : पञ्जाबलाई हराउँदै राजस्थान विजयी

१५ कार्तिक २०७७, शनिबार ०९:२१
काठमाण्डौ : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित गरेको हो । १८६ रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि बेन स्टोक्सले २६ […]