कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सदरलाइन संवाददाता २ चैत्र २०७९, बिहीबार १३:५१
 

धनगढी : कैलालीमा ट्रयाक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

बुधबार राति गोदावरी नगरपालिका–३ चौकिडाँडामा म १ त १२०९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीको संरक्षणमा कुखुरा तस्करी भएको भन्दै कुखुरा पालक किसान आन्दोलित

२ चैत्र २०७९, बिहीबार १३:५१
नेपालगञ्ज : बाँकेका कुखुरा व्यवसायीहरुले प्रहरी र सशस्त्र प्रहरीको सहयोग र संरक्षणमा भारतबाट अबैध कुखुरा तस्करी बढेको आरोप लगाउदै सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । बाँकेका कुखुरा पालक किसानहरुको समूहले नेपालगञ्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् । उनीहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट […]