वातावरण स्वच्छ राख्न विश्व साईकल यात्रा अभियान

२७ फाल्गुन २०७३, शुक्रबार १३:०१
 

सदरलाइनडटकम  
२७ फागुन, काठमाण्डौं : विश्व साईकल यात्रा अभियान नेपालले राजधानीको वातावरण प्रदुषण निर्मुल गर्नको लागि साईकल यात्राको खाँचो रहेको बताएको छ । शुक्रबार रिपोर्टस क्लब नेपालमा विश्व साईकल यात्रा अभियान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष ऋषि धमलाले प्रदुषर्णको उच्च जोखिमले जन–जीवन प्रभावित पारेको बताए ।
प्रमुख अथिति समेत रहेका धमलाले बाग्मती सफाई महाअभियानको २०० औँ हप्ताको अवसरमा शुभकामना सन्देश दिदै भने,‘तपाईहरूले जुन अभियान सञ्चालन गर्नुभएको छ, यो अत्यन्तै जायज छ, वातावरण प्रदुषण रहित बनाउनको लागि सबैले साथ दिनुपर्छ, पत्रकारहरूले पनि यो अभियानलाई साथ दिन्छौँ, राजधानीमा सडक निमार्णको कार्यले कन्तबिजोग स्थिति सिर्जना भएकोे छ, सबैभन्दा बढि बालबालिकाको जीवनमा प्रभाव परेको छ ।’ विश्व साईकल यात्री ज्ञान बहादुर महर्जनले विश्वको तापक्रम बृद्धि भईरहेको भन्दै नेपालका ठुला सहर हरियाली प्रदुषणरहित बनाउनुपर्ने बताएका छन् ।
उनले भने,‘विगतको नेपालजस्तै हामीले हरियाली बनाउनको लागि प्रयास गर्नुपर्छ, भोली २८ गते काठमाडौ महानगरपालिकाको आँगनबाट यात्राको सुरुवात हुने छ, यो र्याली कालिमाटी, किर्तीपुर, चोभार, शंखमुल, भक्तपुर दरबार हुँदै यस महा अभियानमा सरकारी संयन्त्रका पदाधिकारीहरूको सहभागिता पनि रहनेछ, साईकल यात्रामा स्कुलका विद्यार्थीहरू पनि सहभागिता रहने छ, यस अभियानको लक्ष्य वातावरणलाई प्रदुषणरहित बनाउनु हो, यो साझा अभियान हो, त्यसैले सबैले साथ दिनुपर्छ, हामीले नगरे कसले पो गरिदिन्छ, हामी सबै लाग्नुपर्छ ।’ त्यस्तै कार्यक्रममा रत्नराम श्रेष्ठ, मधुकर महर्जन लगायतले यस अभियानका बारेमा आफ्ना कुराहरू राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको मेचीकाली अभियानको बाँकेमा तयारी तीब्र

२७ फाल्गुन २०७३, शुक्रबार १३:०१
सदरलाइनडटकम    २८ फागुन, नेपालगन्ज : संविधान कार्यान्वयनका लागि नेकपा एमालेले गत फागुन २१ देखि झापाबाट सुरु गरेको मेचीकाली अभियान चैत्र १ गते बाँकेको नेपालगन्ज पुग्ने भएको छ । एमाले बाँकेले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर सो अभियानको बारेमा जानकारी दिएको छ । अभियानलाई भब्यताको साथ सम्पन्न गराउने गरी […]