नेपालगन्जमा पानी परियोजनाको अभिमुखीकरण सुरु

३ पुष २०७४, सोमबार १८:३७
 

सदरलाइनडटकम   
३ पुस, नेपालगन्ज : नेपाल वातावरण पत्रकार समूहले सञ्चालन गर्न लागेको पानी परियोजनाका लागि तीन दिने अभिमूखीकरण सोमबारबाट नेपालगन्जमा सुरु भएको छ ।
मध्य र सूदूरपश्चिमका २४ जिल्लाका सञ्चारकर्मी तथा कार्यक्रमसँग सम्बन्धित परियोजनाका कर्मचारी एवं परियोजना साझेदार संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको जनाईएको छ ।
यूएसएआइडीको सहयोगमा सञ्चालीत पाँच वर्षे परियोजनाले कर्णाली, महाकाली र राप्ती नदी तटिय क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्दै समुदायको जलवायु परिवर्तन अनुकूलन क्षमता अभिवृद्धि गर्नेे उद्देश्य राखेको छ ।
सो कार्यक्रमको नेपालगन्ज उप–महानगरपालिकाका मेयर. धवल शमशेर राणाले उद्दघाटन गर्दै नेपालमा उपलब्ध प्राकृतिक स्रोत र साधनलाई समृद्धिको आधार बनाउनुपर्ने बताए । त्यस्तै, प्रेस स्वतन्त्रता सेनानी एवं बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ताले नेपाललाई विश्वसामु चिनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताए ।
उद्घाटन समारोहमा समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्द्यालले सिमसार क्षेत्रको संरक्षण तथा व्यवश्थापनमा विशेष जोड दिनुपर्ने बताए । समूहका अध्यक्ष अर्जुन ढकालले यस भेगमा उपलब्ध प्राकृतिक स्रोतको संरक्षण र उपयोगमा सञ्चारका क्षेत्रबाट प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेफेजका महासचिब रमेशप्रसाद भुसालले नेपालमा प्राकृतिक स्रोतका विषयमा पर्याप्त सूचना र ज्ञान नहुँदा सम्भावना भएजति लाभ लिन नसकिएको बताए ।
बाँकेका अग्रज पत्रकार गुप्ता र नेफेजका संस्थापक अध्यक्ष सिग्द्यालले पानी र जलाधार सम्बन्धी कार्यक्रमको सूचकका रुपमा धुपीको विरुवामा पानी सिंचित गरेर उद्घाटन समारोहको समापन गरेका थिए ।

Next Post

बहसमा नेपालगन्ज प्रदेश नं.५ को राजधानी

३ पुष २०७४, सोमबार १८:३७
रुद्र सुवेदी मंसिर २१ गतेसम्म यो पार्टी, त्यो उम्मेदवारले जित्छ भनेर चिया गफसंगै सामाजिक सञ्जालमा समेत बहसमा उत्रिनेहरुको दिनाचार्य यतिबेला प्रदेसको राजधानी कहाँ बनाउने भन्ने विषयमा चिया पसल, सार्वजनिक चौतारो र सामाजिक सञ्जालमा चर्को बहसमा उत्रिएका छन् । प्रदेश नं. ५ को राजधानी कहाँ बनाउने भनेर विभिन्न राजनीतिक दलका स्थानीय […]

सम्बन्धित