सदरलाइनडटकम,
कैलाली : सशस्त्र प्रहरीले कैलालीमा अवैध कपडा बरामद गरेको छ । धनगढी उपमहानगरापालिका वडा नम्बर ४ बसपार्क ईलाकाबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशत्र प्रहरी नायव निरीक्षक केशवबहादुर शाहीको नेतृत्वमा गएको टाली उक्त सामान बरामद गरेको हो । भारतबाट भन्सार छलेर ल्याएको करीब १ लाख २७ हजार ८ सय ९ रुपयाँ बराबरको लेडीज कपडा र किरानाका सामान सशस्त्र प्रहरीले बामद गरेको छ ।
बरामद गरेको सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक बिष्णुप्रसाद भट्टले जानकारी दिए । खुल्ला सिमाका कारण भन्सार छलेर नेपाल भित्रिने सामान रोक्न चुनौती रहेको बताउँदै उनले सिमामा बस्ने स्थानीयको सहयोग बिना तस्करी रोक्न कठिन भएको बताए ।
