महिलाको आङखस्ने समस्याको बारेमा अभिमुखिकरण

३ पुष २०७४, सोमबार १४:२४
 

सदरलाइनडटकम 
३ पुस, नेपालगन्ज : बाँकेमा विभिन्न अभियानकर्मीहलाई महिलाको आङ्ग खस्ने सवाल र प्रजनन् अधिकारको बारेमा दुईदिने अभिमुखिकरण सुरु गरिएको छ ।
बातावरणिय कृषि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोग र आयोजक अभियान नेपालको आयोजनामा ‘आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकार विषयमा स्थानीय स्तरमा कार्यरत संस्थाका कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाहले सो अभिमुखिकरणको उद्दघाटन गर्दै महिलामाथि घरपरिवारमा हुने हिंसाको कारण महिलाहरुको आङ खस्ने गरेको पाईएको बताईन । उनले भनिन–‘ सानो उमेरमा गर्भवती भएर, गर्भवती हुँदा स्याहार नपाएर, हिंसामा परेर र महिला आफैले यो समस्यालाई प्राथामिकतामा नराखेर समस्या भयावह हुने गरेको छ ।’
उनले पीडित महिलाले यौन सग जोडिएको कुरा भएकोले लोकलाजको कारण र यो समस्या भन्दा घरमा पुरुषले अर्को विवाह गर्नेलगायतका डरका कारणले समस्या भएर पनि समयमा बाहिर नआउदा क्यान्सर जस्तो भयावह रोगबाट ग्रशित हुनु परेको बताईन ।
उनले अभिमुखिकरणमा सहभागि सबैले आ–आफ्नो कार्यक्षेत्रमा रहेका आङ खस्ने समस्याबाट ग्रशित महिलाको समस्या तथा उनीहरुको उपचारको लागि पहलगर्ने अभियानकर्ता भएर लाग्न निर्देशन समेत दिईन ।
अभियान नेपालका सदस्य रुद्र सुवेदीकमो अध्यक्षतामा सम्पन्न उद्दघाटन शत्रमा केड नेपालकाका राम जंग शाह र ईश्वरी नेपालले सहजिकरण गर्ने सो कार्यक्रममा ४० वढी सहभागि रहेको अभियान नेपालका सपना भट्टराईले जानकारी दिईन ।

Next Post

अबैधरुपमा नेपालगन्ज भित्रदै गरेको यौन उत्तेजक औषधि बरामदपछि नष्ट

३ पुष २०७४, सोमबार १४:२४
सदरलाइनडटकम     ३ पुस, नेपालगन्ज : भारतीय बजारबाट यौन क्रियाकलापमा प्रयोग हुने तथा विभिन्न प्रतिबन्धित औषधी भित्रिने गरेको पाईएको छ । भन्सार राजश्व गस्तीको लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा अबैध र प्रतिबन्धित यौन उत्तेजना बढाउने औषधि बरामद गरेपछि सो कुरा जानकारीमा आएको हो । सशस्त्र प्रहरीको भन्सार सुरक्षा […]