सर्पदंशबाट बर्दियाका पाँच वर्षीय बालकको मृत्यु

सदरलाइन संवाददाता २ आश्विन २०८०, मंगलवार १४:२७
 

नेपालगञ्ज : सर्पदंशबाट बासगढी नगरपालिका–३ उतरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलवार मध्यान्ह मृत्यु भएको हो । जयलाई घरको आगनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

‘निकै विषालु गोमन सर्पले ती बालकको डसेको रहिछ भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भने–‘अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।’ सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । बैशाखदेखि भदौं महिनासम्म उपचारकाक्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिए ।


त्यसैगरी उपचारका लागि अस्पताल पुर्याइएका मध्येबाटोमै पाँच जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्याइएको थियो ।

पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पर्दशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्नारत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको डा. आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा क्यान्सरविरुद्धको खोप अभियानको अवधि थप

२ आश्विन २०८०, मंगलवार १४:२७
नेपालगञ्ज : भेरी अस्पतालले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरेको छ । स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाको आग्रहपछि खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको स्वास्थ्य सेवा विभागकोे […]