महोत्सवको तेस्रोदिन बहुभाषिक कवि गोष्ठी सम्पन्न

२ पुष २०७४, आईतवार १७:१८
 

सदरलाइनडटकम   
२ पुस, नेपालगन्ज : नेपालगन्जमा सञ्चालनमा रहेको आठौ राष्ट्रिय शैक्षिक महोत्सवको तेस्रो दिन आईतबार साहित्यतर्फ बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा बिभिन्न भाषाभाषीका चर्चित कविहरुले आफ्ना कविताहरु वाचन गरेका थिए ।
सो अवसरमा साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलको पहिलो मुक्तक संग्रह ‘लेकबेसीका आ“शुहरु’ बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी सनत रेग्मीले सो कृति बिमोचन गरेका थिए ।
कार्यक्रममा हरिप्रशाद तिमिल्सेना, हरिमाया भेट्वाल, अब्दुल लतिफ शौक, सचिदानन्द चौबे, अमर शाह, शिशिर सापकोटा, पुष्पमणी प्रधान, रामचन्द्र आचार्य, भोजराज ढकाल, भोजराज शर्मा नादिर, सुन्दर गुरुगं, महेन्द्र सेढाई लगायतले कविता बाचन गरेका थिए ।
महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Next Post