सिमान्तकृत र बहिष्करणमा परेकाहरुको लागि बाम गठबन्धनको विकल्प छैन

१७ मंसिर २०७४, आईतवार १९:२५
 

सदरलाइनडटकम
१७ मंसिर, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं. ३ का मतदाताहरुले सिमान्तकृत र बहिष्करणमा परेकाहरुको लागि बाम गठबन्धनको विकल्प हुन नसक्ने ठोकुवा गरेका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. ३ को खजुराखर्दमा आयोजित सभालाई सम्बोधन गर्दै बाम गठबन्धनका नेताहरु समक्ष स्थानीयले सो कुरा बताएका हुन । उनीहरुले मधेसी र मुस्लिम समुदायको उत्थान र विकासका लागि बाँके क्षेत्र नम्बर ३ मा बाम गठबन्धनको बिकल्प अरु राजनीतिक दल हुन नसक्ने दावी गरेका छन् ।
बाँकेको जानकी गाउँपालिकाको इन्द्रपुर मानपुरमा आइतबार भएको सभालाई सम्बोधन गर्दै नेताहरुले नेपाली काँग्रेस र मधेसवादी दलहरुकै कारण मधेसले अपेक्षित गतिमा विकासको गति लिन नसकेको बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले राजनीतिक स्थायत्वि र विकासका लागि बाम गठबन्धन बनेको बताउदै नेपाली जनताको विकासको चाहना बाम गठबन्धनले मात्रै पुरा गर्न सक्ने बताए ।
प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले मधेसी र मुस्लिम समुदायको हक अधिकारका लागि बामपन्थी दलहरु स्थापनाकालदेखि नै संघर्षरत रहेको भन्दै मधेसको विकास बाम गठबन्धनको नेतृत्वमा बन्ने केन्द्रीय र प्रदेश सरकारले मात्रै गर्न सक्ने बताए ।
समानुपातिक उम्मेदवार मञ्जु कोइरालाले मधेसको विकासका लागि बाम गठबन्धनको सरकार आवश्यक भएको बताइन् । कार्यक्रममा बाम गठबन्धनका नेताहरु तिलक परियार, दिनेशचन्द्र यादव, दबलहादुर सुनार, पदम धिताल, नन्दलाल बैश्य, शकील अहमद जसगर, अक्रम अन्सारी लगायतले मन्तव्य राख्दै नेपाली काँग्रेस र मधेस केन्द्रीत राजनीति दलहरुको ब्यापारका पछि नलागी आप्mनो भविष्यका लागि बाम गठबन्धन रोज्न आग्रह गरेका थिए ।
प्रदेशसभा निर्वाचन परिचालन कमिटी प्रचार समितिका संयोजक सतिश निरौलाले मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको जानकी गाउँपालिकामा उत्साहजनक उपस्थितीबाट बाम गठबन्धन उत्साहित भएको बताए ।
जानकी गाउँपालिमा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा ६ वडा मध्ये ४ वडामा बाम गठबन्धन विजयी भएको छ । नेपालगनज उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ मध्ये १७ मा बाम गठबन्धन विजयी भएको छ ।
यसैबीच क्षेत्र नम्बर ३ प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलको अगुवाईमा बिभिन्न वडामा आईतबार घरदैलो गरिएको छ । खरेलले घरदैलोमा आम नागरिकबाट उत्साहजनक हौसला प्राप्त भईरहेको बताए ।


 

Next Post

नेपालगन्जको शीर झुक्न नदिने गरी काम गर्नेछु : विजयकुमार गुप्ता, उम्मेदवार बाँके निर्वाचन क्षेत्र नं. २ ख

१७ मंसिर २०७४, आईतवार १९:२५
 विजयकुमार गुप्ता नेपालगन्जका चर्चित समाजसेवी व्यावसायी हुन वाणिज्य संकायमा स्नातकसम्म अध्ययन गरेका गुप्ता राजनीतिसँगै विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएका छन् । लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीतिमा सक्रिय गुप्ता आसन्न चुनावमा बामगठबन्धनबाट बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ बाट प्रतिस्पर्धामा छन् । हाल नेकपा एमाले उद्योग व्यवसाय विभागका […]