नेपालगञ्जमा फिल्म फेस्टिवल हुने

५ पुष २०७५, बिहीबार १८:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको दोस्रो संस्करण यहि पुष २० र २१ गते देखि नेपालगंजमा हुने भएको छ । अन्तराल र भ्रष्टचार विरुद्ध कार्यरत संस्था बासको संयुक्त आयोजनामा हुने उक्त फेस्टिवलमा चर्चित र गहन विषयका फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शन गरिनेछन् ।
उक्त अवसरमा डकुमेन्ट्री र फिल्म सम्वन्धि अन्तरक्रिया समेत आयोजना हुनेछ । फेस्टिवलमा सहभागी हुन डकुमेन्ट्री तथा फिल्म निर्माता, निर्देशक र कलाकार नेपालगञ्ज आउने भएका छन् । अन्तरालका अध्यक्ष जयनारायण शाहले फेस्टिवलले यस क्षेत्रको पर्यटन, खेलकुद, रितिरिवाज, संस्कृति, गीतसंगीत र भाषालाई प्रवद्र्वन गर्ने बताए ।
फेस्टिवल डकुमेन्ट्रीवारे सिक्न चाहनेका लागि अवसर वन्ने विश्वास गरिएको छ । २ दिनसम्म चल्ने फेस्टिवलमा व्यापक सहभागिता र सहयोगका लागि आयोजकले सञ्चारकर्मीलगायत सबैसँग अनुरोध गरेको छ ।

Next Post

नेपालगञ्जको न्यूरोडमा रहेको जिबि कलेक्सनमा आगलागी

५ पुष २०७५, बिहीबार १८:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडको पसलमा बिहीबार राती आगलागी भएको छ । राती नौं बजेतिर आगलागी हँँुदा जिबी कलेक्सनमा पूर्ण र सपना सपिङ्गमा सामान्य क्षति पुगेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्का ईन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले आगो जिवि कलेक्सनबाट शुरु भएको आगो सपना सपिगंमा समेत सरेको जानकारी दिए । […]