संघिय समाजबादी फोरमको घरदैलो जारी

१३ मंसिर २०७४, बुधबार १७:२९
 

सदरलाइनडटकम  
१३ मंसिर, नेपालगन्ज : निर्वाचनको मिति ९ दिन बाँकी हुँदा संघिय समाजवादी फोरम नेपालका प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार ईस्तियाक राईले शहर केन्द्रित प्रचार अभियान तिब्र पारेका छन् ।
बुधबार पार्टीका नेता तथा कायकर्ताहरुको साथमा नेपालगन्जको सल्यानीबाग, गणेशपुर, लगायत वडा नम्बर ४ का विभिन्न टोलमा घरदैलो मार्फत मतदातासँग भोट मागि रहेको उनको प्रचार सचिवालयले जनाएको छ ।हातले समातेको मसाल चिन्ह अंकित पार्टीको झण्डाका साथै राष्ट्रिय झण्डा सहित पुर्वमन्त्री राई घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित हुने गरेको प्रचार सहयोगी शम्सुलहक राईले दावी गरे ।
राष्ट्रिय झण्डा सहित पुर्वमन्त्री राईले घरदैलो गरेर ‘राष्ट्रियता, धार्मिक तथा सामाजिक एकता’को सन्देश दिन खोजेका उनी चुनावी माहोल तत्ताउन उनी केही समयदेखि निकै सक्रिय रुपमा घरदैलो लागि रहेका छन् । ‘लगभग घरदैलो पुरा गरिसकेको छु, नेपालगन्ज बजार क्षेत्रका केही वडा मात्रै बाँकी छन, त्यो पनि एक÷दुई दिन भित्रमा सम्पन्न गर्ने सोच छ,’ उम्मेदवार राईले भने ।
प्रतिनिधी सभा–२ बाँकेका सशक्त उम्मेदवार राईसहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता, प्रदेश सभा–२ ‘क’ का विजयबहादुर यादव पनि घरदैलोमा सक्रिय भईरहेका छन् ।फोटो :  प्रचार सचिवालय 


 

Next Post

सुरेन्द्र हमाल : जसले खेल र राजनीतिलाई समानन्तर लिएर हिडे

१३ मंसिर २०७४, बुधबार १७:२९
सदरलाइनडटकम    १३ मंसिर, नेपालगन्ज : खेल जगतमा ओलम्पियन र राजनीतिक जगतमा नेपालगन्ज नगरपालिकाका पहिला उप–मेयर समेत रहेका सुरेन्द्र हमाल यतिबेला चुनावको दौडमा छन् । बाँके निर्वाचन क्षेत्र नं. २ ख बाट प्रत्यासी रहेका हमाल राजनीति र खेल जगतबाट चर्चित व्यक्तित्व मध्यका एक हुन । खेलकुद, राजनीति समानन्तर लिएर हिडेका हमाल […]