खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको पहिलो त्रैमासिक समिक्षा सम्पन्न

सदरलाइन संवाददाता ९ कार्तिक २०७८, मंगलवार १८:०८
 


नेपालगञ्ज  : खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आफ्नो पहिलो त्रैमासिक समिक्षा कार्यक्रम गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले मंगलबार आर्थिक वर्ष २०७८–०७९ को पहिलो त्रैमासिक समिक्षा कार्यक्रम गरेको हो ।

सो समिक्षा बार्यक्रममा कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खाद्य निरिक्षक बिबेक सुवेदीले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा कार्यालयले सम्पादन गरेका कामहरु, प्रदान गरेका सेवाहरु बारे जानकारी दिदै चालु आर्थिक बर्षको सुरुवातदेखि हालसम्म सो कार्यालयले १४ वटा नमुना संकलन गरेकोमा एउटा पनि नमुनाको परिक्षण प्रतिकुल नदेखिएको जानकारी दिए ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, डिभिजन कार्यालयहरु सुर्खेत, जुम्ला र दाङमा गरि ९ सय २६ वटा नमुना मध्ये गुणस्तर उल्लेख नगरिएका तथा न्युन गुणस्तरका ११ वटा नमुना प्रतिकुल पाइएको खाद्य निरिक्षक सुवेदीले बताए ।

कार्यालयका खाद्य निरिक्षक नेत्रा बोगटीले सहजिकरण गरेको कार्यक्रममा पुराना ऐन, भौतिक संरचानको अभाव, सिमित कर्मचारी उपकरणको कमी लगायतका कारण काम गर्न समस्या भएको कार्यक्रममा सहभागि डिभिजन कार्यालयका प्रमुखहरुले जानकारी दिएका थिए ।


कार्यक्रम प्रमुख खाद्य अधिकृत ज्ञानेन्द्र कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरिक्षकसुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला र दाङका कार्यालय प्रमुखले आ–आफ्नो कार्यालयले गरेको कार्य प्रगति बारे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, उपाभोक्ता हित संरक्षण समितिका बसन्त गौतमलगायतले कार्यालयले दिने सेवा सुविधाको बारेमा विभिन्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढीको दाउरा संकलन गरी चुलो बाल्नेहरुको कथा

९ कार्तिक २०७८, मंगलवार १८:०८
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं. ३ हल्कारापुरका ६८ वर्षिय चेतराम यादव आधा शरिर पानीमा डुवाउदै हातमा लामो अंकुश लिएर उत्तरतर्फ हेरीरहेका छन् । उनले यसो गर्नुको कारण राप्ती नदीले बगाएर ल्याएको दाउरा फुत्केर नजावस भनेर हो । उनले अलिकती जोखिम मोलेर नदीमा बाढी आएको बेला संकलन गरेको काठ […]

ताजा अपडेट