वामगठबन्धनका उम्मेदवारलाई चिडीमार समुदायको स्वागत

८ मंसिर २०७४, शुक्रबार १९:०७
 

सदरलाइनडटकम  
८ मंसिर, नेपालगन्ज : नेपालगन्ज–१२ मा रैथाने रुपमा रहेका अति लोपोन्मुख चिडीमार समुदायले आफुहरुको उत्थान र संरक्षणको लागि वामगठबन्धनले मात्र गर्न सक्ने भन्दै बाम गठबन्धनका उम्मेदवारलाई स्वागत गरेका छन् ।
निर्वाचनपछि बन्ने स्थायी सरकारले सबै समस्या समाधान गर्ने भन्दै घरदैलोका क्रममा टोलमा पुगेका वामगठबन्धनका उम्मेदवारलाई चिडीमारहरुले स्वागत गरेका हुन् । चिडिमार समुदायका अगुवा विष्णु चिडीमारले यसपाली आफूहरुले वामगठबन्धनलाई सहयोग र समर्थन गर्ने बताए ।
नेपालगञ्ज–१२ नम्बर वडामा पर्ने बेलासपुरमा चिडीमारहरुको बाक्लो बसोबास रहेको छ । शुक्रबार सोही वडामा भएको घरदैलोका क्रममा वामगठबन्धनका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु बेलासपुरमा पुगेका थिए ।
सो क्रममा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले आफूहरुले चिडीमारको शिक्षा, स्वास्थ्य र आर्थिक स्तर माथि उकास्न सहयोग गर्ने प्रतिबद्धता गरे ।
नेपालमा यो निर्वाचनपछि बामपन्थीको सरकार बन्ने र त्यो स्थायी सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गरेर देशलाई विकासमा अघि बढाउने उम्मेदवारद्वय मिश्र र गुप्ताले बताए । घरदैलोका क्रममा क्षेत्र नं. २ का निर्वाचन परिचालन कमिटीका सहसंयोजक निरक गुरुङ र क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालले नेपालगन्जको विकास र समृद्धिका लागि गठबन्धनलाई जिताउनु पर्ने बताए । घरदैलोमा समानुपातिक उम्मेदवार, निर्वाचन परिचालन कमिटीका पदाधिकारी, नेता तथा कार्यकर्ताहरु मतदाताको घरघरमा पुगेका थिए ।


  

Next Post

जनताकै घरदैलोमा जनताकै एजेण्डा बोकेर हिडेको छु : कंडेल

८ मंसिर २०७४, शुक्रबार १९:०७
सदरलाइनडटकम   ८ मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रबादीबाट बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तेजनारायण कंडेलले आफ्नो पक्षमा गरेको मतदानले मुलुकले स्थायीत्व र बिकास पाउने दावी गरेका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा प्रचार अभियान सहित घरदैलोमा पुगेका उनले सो कुरा बताएका हुन । उनले भने–‘जनताले गोप्य मतदान गर्नेहुन […]

सम्बन्धित