नेपालगञ्जबाट अवैधरुपमा लगिएको चिनी सुर्खेतमा बरामद

सदरलाइन संवाददाता २८ आश्विन २०८०, आईतवार १५:५४
 

नेपालगञ्ज : सुर्खेत प्रहरीले अवैध चिनी बरामद गरेको छ । शनिवार राती ८ बजे नेपालगञ्जबाट दैलेख लगिँदै गरेको १ लाख ५२ हजार बराबरको अवैध चिनी बरामद गरेको जनाएको छ । प्रहरीले ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी सुर्खेत सुब्बाकुना चेक पोष्टबाट बरामद गरेको हो ।


सुब्बाकुना चेक पोष्ट अगाडी डिउटीमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकलाई जाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अवैध चिनीको बोराहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुईदिने मिडिया कार्यशाला नेपालगञ्जमा शुरु

२८ आश्विन २०८०, आईतवार १५:५४
नेपालगञ्ज : डिजिटल प्रविधी र मिडिया बारे दुईदिने कार्यशाला नेपालगञ्जमा शुरु भएको छ । पत्रकारहरुले डिजिटल प्रविधीको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमुलक रिपोर्टिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो । युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र […]