जनताकै घरदैलोमा जनताकै एजेण्डा बोकेर हिडेको छु : कंडेल

८ मंसिर २०७४, शुक्रबार १९:३५
 

सदरलाइनडटकम  
८ मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रबादीबाट बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तेजनारायण कंडेलले आफ्नो पक्षमा गरेको मतदानले मुलुकले स्थायीत्व र बिकास पाउने दावी गरेका छन् ।
शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा प्रचार अभियान सहित घरदैलोमा पुगेका उनले सो कुरा बताएका हुन । उनले भने–‘जनताले गोप्य मतदान गर्नेहुन त्यसैले हाम्रो पार्टीले बोकेको एजेण्डा र नीतिले जित्ने कुरामा आफु विश्वस्त छु ।’
उनले पार्टीका कार्यकर्तासहितको टोलीले नेपालगन्ज उप–महानगरपालिका भित्रका विभिन्न वडाहरुमा घरदैलो र मतदाता भेटघाटलाई तीब्र पारेको बताउदै भने–‘ जनताकै घरदैलोमा जनताकै एजेण्डा बोकेर हिडेको छु सबैको सहयोग हुनु पर्यो ।’


Next Post

पञ्चायतकालको परिवर्तनको सपना साकार गर्न बामगठबन्धलाई जिताउन आग्रह

८ मंसिर २०७४, शुक्रबार १९:३५
सदरलाइनडटकम ८ मंसिर, नेपालगन्ज :  बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका उम्मेदवारहरुले पञ्चायतकालमा नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व.मनमोहन अधिकारीलाई सेल्टर दिएर सुरक्षा दिने सीतापुर र राधापुरबासीका सपना साकार हुने दिन आएको बताएका छन । सीतापुरको पुल्चौकमा शुक्रबार भएको आमसभामा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा […]