मुलुकले विकासको गति पाउन बामगठबन्धनले जित्न आवश्यक

६ मंसिर २०७४, बुधबार २१:३४
 

सदरलाइनडटकम
६ मंसिर, नेपालगन्ज : वामगठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले बाम गठबन्धनको जितले नै मुलुकको हित हुने बताएका छन् । बाम सरकारको बेलामा जहिले पनि मुलुकले विकासको गति पाएको दाबी समेत गर्दै उनीहरुले कांग्रेस मुक्त नेपाल बनाएपछि मात्रै नेपालमा विकास र सम्बृद्धिको युगको सुरुवात हुने बताएका छन ।
बाँकेको बैजनाथ गाउँपालिकाको सुतैयामा बुधबार आयोजित कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र पदेशसभा २ का उम्मेदवार आईपी खरेलले निर्वाचनपछि मुलुक कांग्रेसमुक्त हुने दावी गरे ।
उनीहरुले लोकतन्त्र स्थापनाको २४ वर्ष काँग्रेस सत्तामा रहेर मुलुकलाई बरबादी तिर ढकेलेको दावी गर्दै विकास र सम्बृद्धिको लागि कांग्रेसमुक्त नेपाल बनाउने अभियानमा साथ दिन उनीहरुले अपिल समेत गरे ।
कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार रोकायले बर्गिय मुक्ति र समग उत्पिडन र उपेक्षितको पक्षमा काम गर्न बामपन्थिको सरकार आवश्यक भएको बताए । उनले भने,– राष्ट्रिय स्वाधिनताको रक्षाका लागि कांग्रेसमुक्त नेपाल आवश्यक छ ।
प्रदेशसभाका उम्मेदवार खरेलले आर्थिक बिकास र सम्बृद्धिका लागि बामपन्थिलाई रोज्न अपिल गरे । प्रदेश १ मा बुधबार वडाहरुमा टोलटोलमा घरदैलो र प्रचारात्मक अभियान जारी रहेको छ । यसैगरी प्रदेशसभा २ मा पनि बुधबार घरदैलो अभियान जारी रहेको छ । निर्वाचन परिचालन कमिटीका संयोजक दिम धितालका अनुसार बेलहरी, गनापुर,सीतापुर लगायतका सबै वडाहरुमा घरदैलो र प्रचारात्मक कार्यक्रम भएको छ । यसैगरी इन्द्रपुरमा पनि बैठकले कार्ययोजना बनाएको संयोजक धितालले बताए ।
प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले बुधबार घरदैलोमा सहभागितासँगै भेटघाटलाई जारी राखेका छन ।


1
 

Next Post

बाँकेमा विवेकशिल साझा पार्टीतिर जनलहर बढ्दै

६ मंसिर २०७४, बुधबार २१:३४
सदरलाइनडटकम   ७ मंसिर, नेपालगन्ज : बाँकेमा विवेकशिल साझा पार्टीप्रतीको जनलहर बढ्दै गएको छ । यसवर्ष राष्ट्रिय पार्टी अर्को वर्ष देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीप्रती जनलहर बढ्दै गएको दाबी गरिएको छ । बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर […]