बाँकेमा विवेकशिल साझा पार्टीतिर जनलहर बढ्दै

७ मंसिर २०७४, बिहीबार १२:०२
 

सदरलाइनडटकम  
७ मंसिर, नेपालगन्ज : बाँकेमा विवेकशिल साझा पार्टीप्रतीको जनलहर बढ्दै गएको छ । यसवर्ष राष्ट्रिय पार्टी अर्को वर्ष देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीप्रती जनलहर बढ्दै गएको दाबी गरिएको छ ।
बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले नेपालगन्ज उप–महानगरपालिका १० भृकुटीनगर र बाँके गाउँमा चुनावी घरदैलो गरेको छ ।
त्यसक्रममा मतदाताहरुले उत्साहका साथ उनीहरुलाई स्वागत गर्दै मुलुकको हितका लागि नेतृत्वदायी भूमिका निभाउन सुझाव दिएका छन् । देशलाई ठूला पार्टीहरुले ध्वस्त बनाए अधिकांश मतदाताहरुको एउटै भनाइ थियो–‘तपाईहरुले जोगाउनु प¥यो ।’
अधिकांश ठूला दलहरुले निर्वाचनलाई भड्किलो र आचारसंहितालाई उल्लघन गरेको भएपनि विवेकशील साझा पार्टीले भने त्यसो नगरेको भन्दै परिवर्तन यहीबाट सुरु गरिएको डाक्टर कर्णले वताए ।
उनले आप्mनो उम्मेदवारी नेपालगन्जको विकास र सम्बृद्धिको लागि भएको भन्दै मतदाताहरुलाई मन मात्र नभएर मत परिवर्तन गर्न आव्हान गरे । चर्चित पत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी आप्mनै नेतृत्वमा देश बनाएर छाड्ने अठोटका साथ निर्वाचनमा होम्मिएको हो ।
भ्रष्टाचाररहित सुशभ्य समाज निर्माणको अभियानमा रहेको विवेकशील साझा पार्टीमा बौद्धिक व्यक्तित्वहरुको दवदवाह छ । पुराना पार्टीहरुले अधिकारको लडाइ लडे पनि मुलुकको सम्बृद्धि र विकासमा कुनै पनि भूमिका निभाउन नसकेको भन्दै बैकल्पिक शक्तिका रुपमा विवेकशील साझा पार्टी स्थापना भएको प्रतिनिधिसभाका उम्मेदवार कुवँरले वताए ।   


 

Next Post

४१ वर्ष अनवरत क्रियाशिल शिक्षिका शाहलाई भव्य कार्यक्रमका बिच सम्मानसहित विदाई

७ मंसिर २०७४, बिहीबार १२:०२
सदरलाइनडटकम ७ मंसिर, अछाम :अछामको तुर्माखाँदमा रहेको श्रीकालिकेश्वरी उच्च माध्यामिक विद्यालयकी शिक्षिका रमादेबी शाहलाई विद्यालयले भव्य कार्यक्रमका बिच सम्मान गरेको छ । ४१ वर्षदेखि सो द्यिालयमा अध्यापन गराउँदै आएकी शिक्षिका शाहले गत असोज २४ गते अवकाश प्राप्त गरेपछि विद्यालयद्वारा एक भब्य कार्यक्रमको आयोजना गरेर उनको सेवा निबृत्त बिदाई तथा सम्मान […]