सुशील कोईरालाको क्षेत्र राप्रपालाई दिएको विरोधमा निबर्तमान सांसद सिद्दिकीले पार्टी सभापति देउवालाई के भने (भिडियो सहित)

३० कार्तिक २०७४, बिहीबार २१:५७
 

सदरलाइनडटकम
३० कात्तिक, नेपालगन्ज : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व। सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएको भन्दै बाँके काँग्रेसका प्रभावशाली नेताहरु रुष्ट हुँदै राप्रपाका लागि मत नमाग्ने बताएका छन् । स्व। कोईरालाको निर्वाचन क्षेत्र रहेको बाँकेको प्रतिनिधि सभाको क्षेत्र नम्बर २ ९पुरानो क्षेत्र नं। ३० मा काँग्रेसले कुनै पनि मूल्य र मान्यतामा छाड्न नहुने तर्क अघि सार्दै उनीहरु रुष्ट भएका हुन ।
उनीहरुको असन्तुटी गत मंगलबार पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगन्ज आउदा नेपालगन्ज विमानस्थलदेखि पार्टी कार्यालयसम्म भएको व्यापक रुपमा असन्तुष्टी पोखिएको छ । स्व. कोईरालाका निकट तथा पुराना काँग्रेसजनहरुले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले कोईरालाको योगदानलाई मेटाउने उद्देश्यले जातिय संतुलन समेत नगरी टिकट वितरणदेखि आफुले सजिलै जित्ने क्षेत्र राप्रपालाई दिएको आरोप छ ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसको सहयोगमा राप्रापाका ओम प्रकाश आजाद उम्मेदवार भएपछि बाँके काँग्रेसका पुराना तथा पार्टीमा लामो योगदान भएका नेताहरु केन्द्रको सो निर्देशनको मौन विरोधमा छन् । उनीहरु पार्टीको चुनावि गतिविधिका कार्यक्रममा सकेसम्म नदेखिने देखिए पनि आफ्नो सक्रियता नजनाउने रणनीतिमा छन् ।
बाँकेका रुष्ट काँग्रेसीजनको नेतृत्व यतिबेला निबर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोलाले गरि रहेका छन् । उनले कुनै पनि हालतमा आफु सुशील कोईरालाको निर्वाचन क्षेत्रमा गाईको लागि भोट माग्न नजाने घोषणा नै गरेका छन् । उनले भने–‘पार्टी केन्द्रले पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको राजनीतिक ईतिहास नै मेटाउनले प्रयास गरिएको हामी त्यसको विरोधमा छौ । कुनै पनि अवस्थामा म गाईमा भोट हाल भनेर भोट माग्न जाँदीन ।’
राजनीतिक दृष्टिले क्षेत्र नं। २ सँग नेपाली काँग्रेसको प्रतिष्ठा जोडिएकोले सो क्षेत्र छाड्न नहुने जनाउँदै निवर्तमान सांसद सिद्दिकीले त्यसबाट काँग्रेस कमजोर हुने बताए । उनले कुनै पनि हालतमा कोइरालाको क्षेत्रलाई अन्य दललाई दिन नहुने अडान राखेको भएपनि केन्द्रले राप्रपालाई दिएपछि उनी खुलेरै बिरधमा उत्रिएका छन् । उनले भने–‘पार्टीले हाम्रो सुनुवाई नगरेपछि चारतारे झण्डा र चुनाव चिन्ह रुखसंगै गाईलाई लिएर आफुहरु हिड्नै नसक्ने भएकोले बिहीबार संयुक्त प्रचार अभियानको उद्दघाटन कार्यक्रममा समेत गईन ।’ उनले चारतारे झण्डा र चुनाव चिन्ह रुख लिएर हिड्ने भए मात्र आफु प्रचारमा हिड्ने कुरा स्पष्ट रुपमा पार्टीमा राखेको बताए । उनले भने–‘राप्रपाको उम्मेदवार बोकेर हिड्नलाई हिजो स्थानीय निर्वाचनमा लुकी लुकी गाईलाई भोट हाल्नेहरु खुसी होलान तर, हाम्रा पार्टी सभापतिको निर्वाचन क्षेत्र त्यसमा पनि गैह्र काँग्रेसी उम्मदवारको लागि भोटमाग्न मेरो नैतिकताले दिएन त्यसैले म संयुक्त प्रचारको कुनैपनि कार्यक्रममा जान्न र गाईलाई भोट माग्दा पनि माग्दीन ।’

Next Post

बाँकेमा आक्रमक प्रचार अभियानमा वाम गठबन्धन

३० कार्तिक २०७४, बिहीबार २१:५७
सदरलाइनडटकम  १ मंसिर, नेपालगन्ज : निर्वाचनको मिति नजिँकिँदै गर्दा बाँकेमा चुनाबी नतिजा आफ्नो पक्षमा पार्नको लागि विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारले प्रचार अभियानलाई आक्रमक गराउदै लगेका छन् । बाम गठबन्धनका उम्मेदवारहरु यतिबेला आफ्ना प्रतिबद्धता सहित घरदैलोमा पुगेका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकीकरणको समेत घोषणा […]
error: Content is protected !!