भारतले आक्रमणको तयारी गरेको पाकिस्तानको आरोप

२५ चैत्र २०७५, सोमबार १६:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानले भारतमाथि सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । पाकिस्तानले विश्वसनीय गुप्चतर सुचनाअनुसार यही अप्रिल महिनामै भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको हो ।
तर भारतले भने पाकिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले लगाएको आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको प्रतिक्रिया छ । पाकिस्तानी विदेश मन्त्री शाह मेहमूद कुरेशीले भारतले १६ देखि २० अप्रिलको बीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएका हुन । गत फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामा आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि भारतले बालकोट क्षेत्रमा हवाई आक्रमण गरेको थियो । सो आक्रमणमा पाकिस्तानी सेनाले एक भारतीय विमान खसालेको थियो र विमानका चालकलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणका लिइएका विमान चालकलाई सकुशल फिर्ता पठाएर पाकिस्तानले वार्ताको पहल गरेको थियो । तर त्यसले पनि दुई देशबीचको सम्बन्धमा कुनै सुधार आउन सकेको छैन । पाकिस्तानले आरोप लगाएलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानी विदेश मन्त्रालयको गैरजिम्मेवार तथा अनावश्यक आरोपलाई भारतले सीमा क्षेत्रमा युद्धको उन्माद फैलाउनु पाकिस्तानको उद्देश्य रहेको जनाएको छ ।
पाकिस्तानमा रहेका आतंकवादीलाई भारततर्फ आक्रमण गर्न उक्साउनका लागि पाकिस्तानी विदेश मन्त्रीको यस्तो भनाइ आएको भारतीय पक्षको आरोप छ । भारतले सम्भावित आतंकवादी आक्रमणसँग जोडिएका जानकारी साझा गर्न पनि पाकिस्तानलाई आग्रह गरेको छ ।
(एजेन्सी)

Next Post

बाँकेमा विप्लवका चार जनाले गरे आत्मसमर्पण

२५ चैत्र २०७५, सोमबार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा हालसम्म विप्लव माओवादीका चार जना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । बिप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा चार जना नेता कार्यकर्ताले आत्मसमर्पण गरेका हुन् । सोही क्रममा सोमवार बिप्लवका एक नेताले प्रशासनमै पुगेर आत्मसमर्पण गरेका छन् । खजुरा गाउँपालिका वडा नं. ८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी […]