सदरलाइनडटकम,
नेपालगञ्ज : क्वारेन्टाइन निर्माणका लागि प्लान नेपाल फिल्ड कार्यालय बाँकेले सात लाख बढिको सामग्रीहरु सहयोग प्रदान गरेको छ । प्लानले सात लाख १७ हजार ३ सय ९१ बराबरको सहयोग सामग्री आइतवार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रदान गरेको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी खडकाले यो सामग्रीले क्वारेन्टाइनलाई व्यवस्थापन गर्न सहज हुने बताए । यस्तै नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोवर्धन सम्झनाले यस्तो बिपत्तीको समयमा सबैको सा–सानो सहयोगले महामारी जित्ने आधार बन्ने धारणा राखे । ब्लान्केट ४०० थान, पि–फम ४०० थान, झुल २४ थान, र त्रिपाल २५ थान हस्तान्तरण गरिएको हो ।
