मौसम अपडेट : आजदेखि मनसुन बाहिरियो

२५ आश्विन २०७६, शनिबार १४:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ : यस वर्ष ढिलो शुरु भएको मनसुन शनिवारदेखि बाहिरिएको छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ । यो वर्ष मनसुनको आगमन औसतभन्दा १० दिन ढिलो भएको थियो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो भयो ।
औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाण्डौमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गतेतिर नै मनसुन बाहिरिनुपर्ने भए पनि यो वर्ष झण्डै ३ हप्ता ढिलो गरी मनसुन नेपालबाट बाहिरिएको हो । उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबैभन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबैभन्दा लामो मनसुन रहेको छ ।
मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ । यस्तै आज काठमाण्डौ उपत्यकालगायत मध्य र तराई भूभागको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पहाडका १र२ ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको भए पनि अरु ठाउँको मौसम सामान्य रहने मौसमविद्को भनाइ छ ।

Next Post

जापानमा शक्तिशाली ‘ह्यागिबिस’ आँधी

२५ आश्विन २०७६, शनिबार १४:१२
सदरलाइनडटकम, काठमाण्डौ : जापानमा शनिवार आएको शक्तिशाली आँधी ‘ह्यागिबिस’ राजधानी टोकियोतिर अघि बढिरहेको छ । आँधीका कारण एक जनाको ज्यान गैसकेको छ । आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियो । आँधीका कारण यातायात र […]

सम्बन्धित

ताजा अपडेट