बाँकेमा लोकतान्त्रिक गठबन्धनको प्रचार अभियान र घरदैलो जारी

५ मंसिर २०७४, मंगलवार २०:१२
 

सदरलाइनडटकम   
५ मंसिर, नेपालगन्ज : बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो, भेटघाट र चुनावी सभालाई जारी राखेका छन् । लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा–१ क का उम्मेदवार शरदचन्द्र बर्माले मंगलबार नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर, कटकुइँया लगायतका ठाउँमा घरदैलो गरेका छन् ।
त्यसक्रममा स्थानीय बासिन्दाले हुलाकी सडकको काम चलिरहँदा विकासको धेरै अनुभूति भएको बताउँदै अझैं पनि आफ्नो क्षेत्रमा सिंचाई र बिद्युत सुविधा पुग्न नसकेको भन्दै सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरेको खत्रीले बताए । उनले आफूले जिते समस्या समाधानमा खरो उत्रने खत्रीले प्रतिबद्धता जनाएको बताए ।
त्यस्तै प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज(मंगलबार) राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा घरदैलो गरेको सचिवालय संयोजक भूम भण्डरीले जानकारी दिए ।
क्षेत्र नम्बर २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले बेतहनीमा घरदैलो र सभा गरेका छन् । त्यस्तै प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमालसंगै धम्बोझी क्षेत्रमा विहान घरदैलो भएको राप्रपाका नेता ऋषि देवकोटाले जानकारी दिए ।



नेपालगन्जको क्षेत्रको विकास र समृद्धि आफूहरुको प्राथमिकता भएको बताउँदै लोकतान्त्रिक गठबन्धनकै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मीले प्रदेश सभा ३क का उम्मेदवार चन्तराम थारुसंगै बैजनाथ गाउँपालिकाको टिटिहिरिया र वनकटुवामा घरदैलो र कोणसभा गरेका छन् भने प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनाराण शाहले पनि जानकी गाउँपालिकाको बेलभारमा घरदैलो गरेको सचिवालय संयोजक रमेश सिंजालीले बताए ।

Next Post

बाँके ३ मा विभिन्न प्रचारशैली अपनाउदै बाम गठबन्धन

५ मंसिर २०७४, मंगलवार २०:१२
सदरलाइनडटकम  ५ मंसिर, नेपालगन्ज : बाँकेमा बाम गठबन्धनले आफ्नो प्रचारशैलीलाई विभिन्न प्रकृया अपनाउदै मतदाता रिझाउन व्यस्त छ । यसैक्रममा बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत मंगलबार टोल कमिटी गठन गरिएको छ । यो टोलकमिटीले आफ्ना उम्मेदवारको प्रचार प्रसार अत्यन्तै गहन ढंगले गर्ने जनाईएको छ । बाम गठबन्धनका नेता डम्बर विक […]