बाँके ३ मा विभिन्न प्रचारशैली अपनाउदै बाम गठबन्धन

५ मंसिर २०७४, मंगलवार २०:२४
 

सदरलाइनडटकम 
५ मंसिर, नेपालगन्ज : बाँकेमा बाम गठबन्धनले आफ्नो प्रचारशैलीलाई विभिन्न प्रकृया अपनाउदै मतदाता रिझाउन व्यस्त छ । यसैक्रममा बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत मंगलबार टोल कमिटी गठन गरिएको छ । यो टोलकमिटीले आफ्ना उम्मेदवारको प्रचार प्रसार अत्यन्तै गहन ढंगले गर्ने जनाईएको छ ।
बाम गठबन्धनका नेता डम्बर विक तुफानका अनुसार टोल भेला मार्फत प्रचारपसार गर्नका लागि टोल कमिटी गठन भएको हो । टोल कमिटी गठनपछि पर्चा पम्पलेटिङको कार्य हुने बताईएको छ ।
प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेश १ का उम्मेदवार आईपी खरेल र प्रदेश २ का उम्मेदवार बाबुराम गौतम मंगलबार पनि निर्वाचन प्रचार अभियानमा सक्रिय भएको निर्वाचन परिचालन कमिटीका सचिव रत्न खत्रीले जानकारी दिए ।
सचिव खत्रीका अनुसार क्षेत्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय बैठकले अन्य प्रचारका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । यसअघि क्षेत्र नम्बर ३ मा सोमबार पहिलो चरणका अगुवा कार्यकर्ता भेला सम्पन्न भईसकेको छ । क्षेत्र नम्बर ३ मा प्रतिवद्धतापत्रसहित बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचन प्रचार अभियानमा रहेका छन ।


 

Next Post

घरदैलोको नाउमा पैसा बाँड्दै भोट माग्दै काँग्रेसी जनप्रतिनिधि

५ मंसिर २०७४, मंगलवार २०:२४
सदरलाइन / डिपी दर्माली  ६ मंसिर, बर्दिया  : बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ की वडा  अध्यक्ष  सावित्रा गौतम भोटका लागि पैसा बाडँदै हिडेको रहस्य खुलेको छ । गत साउन अन्तिम साता आएको बाढीबाट पीडित भएकाहरु राहतबाट छुटेका कारण रुष्ट भएको भन्दै रातीराती सो छुट भएका बाढी पीडितलाई नगदै रकम […]

सम्बन्धित