बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १५:३०
 

नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको थियो ।


पथप्रदर्शक अनुराम चौधरीले यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुने गरेको बताए । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको बताइन्छ ।
ि
नकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको संख्या बढ्न थालेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलको होटलमा एक जोडीको शव भेटियो

३० श्रावण २०७९, सोमबार १५:३०
नेपालगञ्ज : रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारिकोट होटलको कोठामा रहस्यमय रूपमा एक जोडी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । कार्यालयका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र नाम–ठेगाना स्पष्ट […]