जमुनाहा नाकामा व्यापारीहरुद्वारा सचेतना कार्यक्रम

सदरलाइन संवाददाता ८ आश्विन २०७९, शनिबार १३:३८
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले आज जमुनाहा नाकामा उपभोक्तामा सचेतना फैलाएको छ । नेपाली उपभोक्ता भारतीय बजार रुपईडिहा, बहराईचमा अत्यधिक मात्रामा किनमेल गर्न जादाँ स्वदेशी ब्यापार धराशायी बनेको भन्दै संघको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो ।

नेपालबाट भारतीय बजार जाँदै गरेका उपभोक्ता र भारतबाट किनमेल गरेर फर्किने उपभोक्तालाई यहाँका उद्योगी, ब्यवसायीले स्वदेशमै सामान किनमेल गर्न आग्रह गरेका थिए ।


नेपालगञ्जमै गुणस्तरीय सामान पाइने, स्वदेशमै कमाएर स्वदेशमै खर्च गर्नुपर्ने, सिमावारीको बजार प्रवद्र्धन गर्नुपर्ने जस्ता प्लेकार्ड बोकेका थिए ।

संघको अगुवाईमा यसअघि शुक्रबार बिहान १० बजे चर्को ब्याजदर विरुद्ध नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालय अगाडी धर्नासहित ज्ञापन पत्र बुझाएका थिए । उद्योगी, ब्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन हुने

८ आश्विन २०७९, शनिबार १३:३८
नेपालगञ्ज : उज्यालो मिशन मिडिया प्रालि नेपालगञ्जले दशैं तिहारको अवसरमा नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन गर्ने भएको छ । पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया प्रालिका सञ्चालक बिपिन खड्काले जानकारी दिए । खड्काका अनुसार […]