घरदैलोमा पुगेका बामगठबन्धनका उम्मेदवारले भने, स्थायी सरकार र विकासका लागि भोट दिनुहोस

२ मंसिर २०७४, शनिबार १७:२५
 

सदरलाइनडटकम 

२ मंसिर, नेपालगन्ज : बाँके क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभाका लागि वामगठबन्धनका उम्मेदवारहरुले स्थायी सरकार र विकासका लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । शनिबार नेपालगन्जको ६ र १८ नम्बर वडाको घरदैलोमा पुगेका उम्मेदवारहरुले यस्तो आग्रह गरेका हुन् ।
‘अब बाम गठबन्धनको सरकार बन्छ, त्यो स्थायी सरकारले विकास र निर्माणको कामलाई प्राथमिकता दिन्छ, प्रतिनिधि सभाका उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेश ‘क’ का कामता खटिक र ‘ख’ का विजयकुमार गुप्ताले आफुहरुको लागि मत माग्दै भने–‘ स्थायी सरकार बनाउनलाई मत दिनुस् ।’
प्रदेश सभा ‘ख’ मा पर्ने वडा नं. ६ मा पुगेका प्रतिनिधि सभाका मिश्र र यही प्रदेशका उम्मेदवार गुप्ताले बामपन्थी सरकारले सामाजिक सुरक्षा भत्ता (बृद्ध तथा अन्य) भत्ता पाँच हजार पु¥याउने प्रतिबद्धता गरे । 

‘तपाईहरुले मासिक दुई हजार पाउनु भएको छ, हाम्रो सरकारले त्यसलाई बढाएर पाँच हजार पु¥याउँछ, घरदैलोमा भेटिएका बृद्धबृद्धालाई गुप्ताले भने, तपाईहरुले हामीलाई जिताउन सहयोग गर्नुस् ।’ वड नं. ६ को घरदैलोमा नेपालगन्ज उप–महानगरका सो वडाका वडाध्यक्ष समीरजंग शाह र निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्सालले नेतृत्व गरेका थिए ।

घरदैलोमा समानुपातिक तर्फका उम्मेदवारहरु पार्वती पुन, तलत प्रविण अन्सारी, कलामून अन्सारीलगायत नेता तथा कार्यकर्ताहरु हिडेका थिए । शनिबार नै क्षेत्र नं. २ ‘क’ मा पर्ने वडा नं. १८, कारकादोमा घरदैलो गरिएको छ । प्रतिनिधि सभा उम्मेदवार मिश्र र प्रदेश नं. २ ‘क’ का उम्मेदवार कामता खटिकले मतदाताको घरघरमा पुगेर मत मागेका थिए । घरदैलोमा निर्वाचन परिचालन कमिटि, क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ, राजेन्द्र कँडेललगायत सहभागी रहेका थिए ।


Next Post

दैलेख काँग्रेसका बागी उम्मेदवार खड्काद्वारा राप्रपाका शाहीको समर्थनमा उम्मेदवारी फिर्ताको घोषणा

२ मंसिर २०७४, शनिबार १७:२५
सदरलाइनडटकम     २ कात्तिक, दैलेख : नेपाली काँग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व स्थानीय विकास राजयमन्त्री समेत रहेका गणेशबहादुर खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको विज्ञप्ती मार्फत घोषणा गरेका छन् । उनले राप्रपाका उम्मेदवारका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता भएको जनाएका छन् । ‘नेपाली काँग्रेस केन्द्रको गलत निर्णयको बिरुद्ध आफुले उम्मेदवारी दिएर चुनाव […]