लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन : योजनाको निगरानी जनस्तरबाट गरौं

सदरलाइन संवाददाता २० भाद्र २०८१, बिहीबार १७:४३
 

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सञ्चालनमा रहेका योजनाको गुणस्तरिय निगरानी गर्न आग्रह गरेका छन् ।

बुधबार शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गर्दै प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सहि र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गर्दै प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी दिदै योजना कार्यान्वयनको प्रक्रिया तत्काल थाल्न आग्रह गरे ।

‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन राम्रो नहुने समस्या छ । गुणस्तरीय कामका लागि नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ’–उनले भने–‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस । काम राम्रो गरेपछी त्यसले जनतालाई सकारात्मक लाभ पनि दिन्छ ।’

योजना कार्यान्वयनमा हुने भ्रष्ट्राचार र बदमासी रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति अवलम्बन गरिएको समेत मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन् ।


स्थानीय तहमा प्रदेश सरकारले पठाउने योजनाको गुणस्तरीय कार्यान्वयन हुन नसकेका गुनासाहरु सुनिने गरेका छन् । योजना कार्यान्वयनमा कुनै गुनासा आउन नदिनेगरी काम गर्न आग्रह गरेका हुन । समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा मानवीय विकासलाई प्राथमिकता राखेर काम अघि बढाएको बताए ।

प्रदेश सभामाबाट पास हुने चरणमा स्थानीय सेवा ऐन विधेयक रहेको भन्दै यो विधेयकले कर्मचारी तहमा काम गर्न उत्साह थप्ने विश्वास व्यक्त गरे ।

शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले नगरपालिका संग जोडिएका मुख्य सडकहरुलाई कालोपत्रे गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापनमा कानुनी जटिलता रहेको भन्दै प्रदेश तहबाट सुल्झाउन आग्रह गरे ।

उपप्रमुख गिताराना भाटले स्थानीय तहले अघि बढाएका प्राथमिकताका योजनाहरुमा प्रदेश सरकारले साथ दिनुपर्ने बताईन । शिक्षा, स्वास्थ्य तथा भौतिक सुधारका लागि पालिकाको बजेटले मात्रै नपुग्ने भन्दै प्रदेश सरकारको साथ चाहिने उल्लेख गरिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तालिमे बोकेर हिडेको नेपाली सेनाको ट्रकमा आगलागी

२० भाद्र २०८१, बिहीबार १७:४३
मकवानपुर : मकवानपुरमा रहेको नेपाली सेनाको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि सिमभञ्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका वडा न ४ कुर्सीको मोडमा आगलागी भएको छ । चल्दै गरेको ट्रकको एक्कासी सापट भाँच्चिएपछी ट्रकलाई साइड लगाउने […]