कम्युनिष्ट अधिनायकबादबिरुद्ध लोकतन्त्रबादी एक हुनुपर्ने एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीको भनाई

२ मंसिर २०७४, शनिबार १६:४९
 

सदरलाइनडटकम  
२ मंसिर, नेपालगन्ज : एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यतिबेला प्रजातन्त्र र लोकतन्त्रमा बिश्वास राख्ने सबैले मिलेर कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउन लाग्नुपर्ने बताएका छन ।
एकिकृत राप्रपा राष्ट्रवादी बाँकेले शनिवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बाम गठबन्धनको नाममा देशमा अधिनायकवाद लाद्ने षडयन्त्र भैरहेको जनाउँदै यस्तो षडयन्त्रलाई असफल पार्न सबैको एकता हुन आवश्यक रहेको औल्याए ।
राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले कम्युनिष्टहरुको डीएनए मै अधिनायकवाद रहेको उल्लेख गर्दै एमाले र माओवादीले जति लोकतन्त्र र प्रजातन्त्रको कुरा गरे पनि उनीहरु कहिल्यै पनि प्रजातन्त्रवादी हुननसक्ने दाबी गरे ।
बाम गठबन्धनले बहुमत नै ल्याए पनि अतिक्रान्ती माओवादी र एमालेको सम्बन्ध कहिले पनि नमिल्ने र माओबादी केन्द्र चुनाब पछि कता भड्किने हो ठेगान नभएको समेत उनले आरोप लगए । देश र जनतालाई अधिनायकबादबाट जोगाउन नै एराप्रपा राष्ट्रवादीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सरोमोनियल राजसंस्था हुनुपर्ने एजेण्डालाई अगाडि सारेको उनले बताए ।
देशका सबै भाषाभाषी, जातजाती र धर्म सम्प्रदायलाई एकतावद्ध पार्ने परम्परागत शक्ति राजसंस्था भएकोले सो संस्थालाई सरोमोनियल र प्रधानमन्त्रीलाई कार्यकारी बनाउनु पर्ने अभियानमा आफुहरु लागेको अध्यक्ष लोहनीले जनाए ।
डा. प्रकाश चन्द्र लोहनी अहिलेको निर्वाचन संरचना नै गलत भएको उल्लेख गर्दै उनले यो निर्वाचन संरचना रहुन्जेल देशमा राजनीतिक स्थिरता नआउने र कहिले पनि स्थिर सरकार नबन्ने दावी गरे । ‘विगतका केही बर्षबाट देशलाई आफ्नो जागिर सम्झेर केही सिमित दलहरुले भागवण्डा गरेर चलाउँदै आएका छन’– उनले भने, ‘संवैधानिक अंग र न्यायधिश जस्ता पदहरुमा समेत भागवण्डा गरिएको छ ।’
सहमतिको नाममा हुँदै आएको भागवण्डाको राजनीतिबाट देशलाई जोगाउन राजसंस्थाले सरोमोनियलका रुपमा अभिभावकको भूमिका खेल्नु पर्नेउनके भनाई थियो । निर्वाचन प्रचार प्रसारको सिलसिलामा नेपालगन्ज आएका एराप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले शनिवार नै बाँकेको बैजापुरमा आयोजित जनसभालाई पनि सम्बोधन गरेका थिए ।

Next Post

घरदैलोमा पुगेका बामगठबन्धनका उम्मेदवारले भने, स्थायी सरकार र विकासका लागि भोट दिनुहोस

२ मंसिर २०७४, शनिबार १६:४९
सदरलाइनडटकम  २ मंसिर, नेपालगन्ज : बाँके क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभाका लागि वामगठबन्धनका उम्मेदवारहरुले स्थायी सरकार र विकासका लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । शनिबार नेपालगन्जको ६ र १८ नम्बर वडाको घरदैलोमा पुगेका उम्मेदवारहरुले यस्तो आग्रह गरेका हुन् । ‘अब बाम गठबन्धनको सरकार बन्छ, त्यो […]

सम्बन्धित