बाँकेमा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी

१८ कार्तिक २०७४, शनिबार १८:१६
 

सदरलाइनडटकम 
१८ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन आफ्नो पक्षमा पार्नको लागि संयुक्त बाम गठबन्धनले बाँकेमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । गठबन्धनको संयुक्त बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।
समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका प्रकाश सुवेदी रहेका छन् । सदस्यहरुमा नेकपा एमालेबाट पूर्व केन्द्रीय सदस्य देवराज भार, पूर्व केन्द्रीय सदस्य दलबहादुर सुनार, बैकल्पिक केन्द्रीय सदस्य मो.हारुन, जिल्ला अध्यक्ष अशोक कोइराला, नेकपा माओवादी केन्द्रबाट डम्बर बिक, अक्कलबहादुर बम र नरेन्द्र पाण्डे रहेका छन् ।
सचिवालयले सबै निर्वाचन क्षेत्र, गाउँपालिका र नगर तथा उपमहानगरपालिकामा निर्वाचन परिचलन कमिटी बनाउने अभियानलाई तीव्रता दिनेछ । सचिवालयले यही मंसिर २० गते सोमबार जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला बोलाएको एमाले बाँकेका उपसचिव प्रमोद धितालले  जानकारी दिए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनको लागि सुरक्षा सर्तकता अपनाउदै नेपाली सेना

१८ कार्तिक २०७४, शनिबार १८:१६
सदरलाइनडटकम  १८ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग सीमा जोडिएका केही संवेदनशील जिल्लामा निर्वाचनका बेला नेपाली सेनाले सतर्कता अपनाउने भएको छ । नेपाल–भारत खुला सिमानाको केही कमजोरीको फाइदा उठाउँदै आपराधिक मनोवृत्तिका व्यक्तिहरू नेपाल पस्नसक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग […]