क्षेत्रीय सञ्चार स्रोतकेन्द्र नेपालगन्जका विभिन्न निर्णय

१७ कार्तिक २०७४, शुक्रबार १९:२७
 

सदरलाइनडटकम 
१७ कात्तिक, नेपालगन्ज : नेपाल प्रेस ईन्सिच्यूट क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जको परामर्श समितिको पहिलो बैठक विभिन्न निर्णयका साथ सम्पन्न भएको छ । परामर्श समितिका संयोजक हेमन्त कर्माचार्यको अध्यक्षतामा सो बैठकले सम्पन्न भएको हो । लामो समयदेखिको परामर्श समितिको अभावमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र आफ्नो उद्देश्य अनुरुप सञ्चालन आउन सकेको थिएन ।
मध्य तथा सुदूरपश्चिमका सञ्चारकर्मीहरुको लागि विभिन्न खालका लामो तथा छोटो अवधीको तालिम तथा पुनःताजगी तालिमको आयोजना गर्ने, सञ्चार स्रोत केन्द्रलाई आधुनिक तवरले सञ्चालन गरिने तथा सञ्चार केन्द्रले सञ्चालनमा ल्याएको भेरी एफएमलाई समेत नयाँ ढंगले सञ्चालन गर्नेलगायतका निर्णयहरु भएको संयोजक हेमन्त कर्माचार्यले जानकारी दिए ।
विगत लामो समयदेखि सञ्चार स्रोत केन्द्रले यस क्षेत्रका पत्रकारहरुको क्षमता बृद्धिको लागि आवश्यक कुनै पनि गतिविधि सञ्चालन गर्न नसकेको अवस्थामा करिव ५ वर्षपछि नयाँ परामर्श समिति गठन भएको हो ।
नेपाल प्रेस ईन्सिच्यूटको गत भदौ २८ गतेको बैठकले पत्रकार कर्माचार्यको संयोजकत्वमा प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष पन्नालाल गुप्ता, सस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी लियाकत अलि सिद्दिकी, निवर्तमान अध्यक्ष रुद्र सुवेदी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, अछरी पोख्रेल, नेपल पत्रकार महासंघ बाँकेका अध्यक्ष र नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सदस्य रहने गरी परामर्श समिति निर्माण भएको सदस्य सचिव मो आरिफ अन्सारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न कार्यक्रमका साथ गुरुनानक दिवस मनाईयो

१७ कार्तिक २०७४, शुक्रबार १९:२७
सदरलाइनडटकम १८ कात्तिक, नेपालगन्ज : शिख धर्मालम्वीहरुले महान पर्व ५४८ औं गुरुनानक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाईएको छ । नेपालमा अत्यन्तै न्यून धार्मिक अल्प संख्यकको रहेका शिख समुदायले नजिकको गुरुद्वारामा जम्मा भएका गुरुनानक जयन्ती मनाएका छन् । त्यसक्रममा नेपालगंजमा रहेका शिख समुदायले पनि बिभिन्न धार्मिक गतिबिधि गरेर मनाईएको छ । […]