बलात्कार पीडितको गोपनियता खुलाउने सञ्चारकर्मीलाई पाँचमहिना कैद र जरिवाना

सदरलाइन संवाददाता १४ बैशाख २०७९, बुधबार १८:३४
 

दीपा कोइराला,
सुर्खेत  :  सुर्खेतको मेहलकुनामा सात महिना अघि बलात्कृत भएका राउटे युवतीको पहिचान खुलाएको भन्दै जिल्ला अदालत सुर्खेतले एकजना पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ ।


न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अनलाइनमा युवतीको पहिचान खुल्नेगरी तस्वीर र नामसहित समाचार प्रकाशन गरेको भन्दै उनी बिरुद्द मुदा परेको अदालतले जनाएको छ । उनीँबिरुद्द गत असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर भएको थियो । mupatrakarita. com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको नेपालगञ्जमा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम

१४ बैशाख २०७९, बुधबार १८:३४
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेपालगञ्ज नगरका मेयर र उपमेयरका प्रत्यासी तथा वडा नं. १७ का एमालेबाट वडाअध्यक्ष तथा वडा सदस्यहरुका प्रत्यासीले स्थानिय तह निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन् । बुधबार वडा नं १७ मा संपर्क कार्यालय उद्घाटन संगै उनिहरुले कार्यकर्ता भेटघाट समेत गरेका हुन् । सो […]