सदरलाइनडटकम
१८ कात्तिक, नेपालगन्ज : शिख धर्मालम्वीहरुले महान पर्व ५४८ औं गुरुनानक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाईएको छ । नेपालमा अत्यन्तै न्यून धार्मिक अल्प संख्यकको रहेका शिख समुदायले नजिकको गुरुद्वारामा जम्मा भएका गुरुनानक जयन्ती मनाएका छन् ।
त्यसक्रममा नेपालगंजमा रहेका शिख समुदायले पनि बिभिन्न धार्मिक गतिबिधि गरेर मनाईएको छ । गुरुनानक जयन्तीको अवसरमा नेपालगन्जको विपीचोकस्थित गुरुद्वारामा गरुनानक बारे धार्मिक प्रवचन, भजन, किर्तन तथा प्रसाद बितरण गरि मनाईएको नेपालगन्ज गुरुद्वाराका सल्लाहकार अमरजित सिहले जानकारी दिए ।
बिहिबारदेखि गुरुद्वारमा शुरु भएको अखण्ड पाठ शनिबार समापन गरिएको पनि उनले बताए । गुरुनानक जयन्तीको अवसरमा गुरुद्वारमा निसानमा नयाँ कपडा राख्ने तथा दिप प्रज्वलन गरी सजाउने समेत गरिन्छ ।
शनिबार विहानै विभिन्न राजनीतिक पार्टीका उम्मेदवार तथा नेता कार्यकर्ताहरु गुरुद्वारा पुगेर गुरुसहेवको दर्शन गरेर आफ्नो मनोकामना पुरार गरिदिनको लागि आशिस मागेको उत्तमसिंह सोणीले जानकारी दिए ।