नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको गाडीबाट अबैध सामान बरामद

सदरलाइन संवाददाता ३२ श्रावण २०८०, बिहीबार १५:०७
 

नेपालगञ्ज : सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुबाट अवैध सामान बरामद गरिएको छ । नेपालगञ्जदेखि सुर्खेत तर्फ जादै गरेको भे १ ख ३०४४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको अवैध सामान फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले चिनि अन्दाजी १ क्विन्टल २० के.जी, कोटपाईन्टको कपडा ९ पिस,कुर्ता सुरुवाल सेट १० पिस, कुर्ता २० पिस, जाली वाला प्लाष्टिक बाटा २४ पिस बरामद गरेको हो ।


बरामद गरिएको सामान ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको,छ ,भने गाडीलाई गन्तव्य स्थानतर्फ छाडिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्याट्री रिक्सा किन्दै स्वरोजगार बन्दै बाँकेवासी

३२ श्रावण २०८०, बिहीबार १५:०७
नेपालगञ्ज : तीन वर्ष विदेश बसेर फर्किएका बाँके डुडुवाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थाले । रिक्सा चलाएर दिनदिनै राम्रो आम्दानी हुन थालेपछि उनले विदेश जाने सोच त्यागे । राहदानी बनाएर भिसाका लागि दौडधुप गरिरहेका नेपालगञ्ज–११, इदगाहरोडका नन्कु साईले पनि केही दिनका लागि मात्र […]