नेपालगन्जमा भन्सार एजेन्ट आन्दोलनमा हुँदा भन्सार क्लियरेन्स प्रभावित

१४ कार्तिक २०७४, मंगलवार १७:४८
 

सदरलाइनडटकम
१४ कात्तिक, नेपालगन्ज : भन्सार छलेको सामान र ट्रक विना सर्त प्रहरीले छाड्नु पर्ने मागसहित नेपालगन्ज भन्सारमा भन्सार क्लियरिङ्ग कार्य गर्दै आएका भन्सार एजेन्टहरुले भन्सार ठप्प पारेका छन् । उनीहरुले काम ठप्प पारेका कारण राजस्व संकलनमा समेत प्रभावित भएको छ ।
‘भारतीय चालक र सहचालकले मात्र ट्रक लिएर नेपाल प्रवेश गरेको उनीहरुले भन्सार काँहा हो भन्ने थाहा नपाएको कारण ट्रक अगाडि बढेर पर्खेको बेलामा प्रहरीले पक्राउ गरेकोले आन्दोलन गर्नु परेको हो’– भन्सार एजेन्ट जगदिश बानियाले भने ।
संघीय प्रहरी ईकाई नेपालगन्ज कार्यालयबाट खटेको प्रहरीको विषेश टोलीले गत शनिवार राति करिब ११ः३० बजेको समयमा युपी ३६ टी ७३०७ नं.को भारतीय ट्रक विभिन्न ईलेक्टोनिक्स र मेसिनरी समानसहित बिना भन्सार नियन्त्रणमा लिएको थियो ।
उनले सो ट्रकमा भएको सामान नेपालगन्जको दुर्गेश्वरी ईलेक्टिकल्स एण्ड सप्लायर्सको भएको र सो ट्रकको भन्सार क्लियरन्स एजेन्ट भएको बताए । उनले सामान र गाडि फिर्ता नहुँदासम्म भन्सार ठप्प पारेर आन्दोलन गर्ने आफुहरुको निर्णय भएको बताए । उनले भने–‘अन्याय र षड्यन्त्र पूर्वक प्रहरीले सो सामान जफत गरेको छ जबसम्म त्यो सामान र ट्रक फिर्ता हुँदैन त्यो बेलासम्म भन्सारको काम ठप्प पार्छौ हामी कुनै पनि क्लियन्स नगर्ने निर्णय गरेका हौ ।’
भन्सार एजेन्ट मो सलिम सिद्दिकीले यस अघि पनि भन्सार क्लियरेन्स नगरिकन ट्रक भन्सार परिसरबाट बाहिरिने गरेको बताए । उनले भने–‘ट्रक चालकले भाषा नबुज्दा भन्सार क्लियरेन्सको लागि प्रज्ञापन पत्र भर्दा भर्दै ट्रक भन्सार पार भई सकेको हुन्थ्यो । तर अहिले भने नियत नै राखेर प्रहरीले नियन्त्रणमा लिएर जफत गरेकोले आन्दोलन गर्नु परेको हो ।’ भन्सार एजेन्टले भन्सार क्लियरन्सको लागि काम नगरेपछि नेपालगन्ज भन्सार कार्यालयदेखि जमुनाहसम्म भारतबाट विभिन्न मालसामान बोकेर आएका ट्रकको चारघेरामा लाईन रहेको
छ ।
यसैबीच नेपालगन्ज भन्सार कार्यालय नेपालगन्जका कार्यालय प्रमुख तथा प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले भन्सार कार्यालयको कामका लागि कर्मचारी तयारी अवस्थामा रहेको बताए । उनले भने–‘भन्सार क्लियरेन्सको लागि व्यावसायीेले प्रज्ञापन पत्र लिएर आए सरासर काम हुन्छ । यात्रु शाखाले पनि आफ्नो स्थानबाट सेवा दिई रहेको छ । कार्यालयले पनि सेवाग्राही आएमा सेवा दिन्छ ।’ उनले सोमबार २८ वटा प्रज्ञापनपत्र पास भएको जानकारी दिए । यसैगरी मंगलबार भन्सार एजेन्टको सहयोग विना आफै प्रज्ञापनपत्र भरेर ल्याउने व्यावसायीहरुको ६३ टेंकर पेट्रोलियम पदार्थ र १७ वटा अन्य मालसामानको प्रज्ञापन पत्र क्लियरेन्स गरेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवार मिश्र मतदातासंगको भेटघाटमा व्यस्त

१४ कार्तिक २०७४, मंगलवार १७:४८
सदरलाइनडटकम १४ कात्तिक, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार पशुपतिदयाल मिश्र मतदाताहरुसंगको भेटघाट जारी राखेका छन् । संयुक्त बामगठबन्धनका तर्फबाट उम्मेदवार हुन लागेका मिश्रले मंगलवार बिहान डुडुवा गाउँपालिकाको वडा नं. १ नयाँबस्तीका मतदाताहरुसंग भेटघाट गरेका हुन । मतदातासंग नयाँबस्तीमा भएको छलफलमा उम्मेदवार मिश्रले मधेसीहरुको […]

सम्बन्धित