अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रवचन नेपालगन्जमा हुदै

९ कार्तिक २०७४, बिहीबार ११:५३
 

सदरलाइनडटकम 
९ कात्तिक, नेपालगन्ज : दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम बिहीबारबाट सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिन लागेको बताईएको छ ।
सो कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी, केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले कार्यक्रमलाई सम्बोधन गर्ने अन्तरराष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले जानकारी दिए । कार्यक्रममा ठूलो संख्यामा मुस्लिम धर्मका धर्मगुरुको सहभागिता रहने बताईएको छ ।
भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए । मियाका अनुसार ४ दिनसम्म चल्ने सो धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताए ।
हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रह्रीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगन्ज आइपुगेको आयोजकले जनाएको छ । बिहिबार १ बजेदेखि नेपालगन्ज उप–महानगरपालिका–६ फत्तेवाल आँखा अस्पताल नजिकै आयोजना गरिएको धार्मिक प्रवचन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । सञ्चारकर्मी आलम खानको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा छठ पर्वको रौनकता सुरु हुँदै

९ कार्तिक २०७४, बिहीबार ११:५३
सदरलाइनडटकम ९ कात्तिक, नेपालगन्ज : छठ पर्वको मुख्य दिन सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइएको छ । ऐतिहासिक पौराणिक […]

सम्बन्धित