नेपालगन्जमा छठ पर्वको रौनकता सुरु हुँदै

९ कार्तिक २०७४, बिहीबार १९:०२
 
फाईल फोटो

सदरलाइनडटकम
९ कात्तिक, नेपालगन्ज : छठ पर्वको मुख्य दिन सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइएको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो ।
सो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । पछिल्लो समय पश्चिम तराईको नेपालगञ्जमा पनि छठ पर्वको रौनकता बढदै गएको छ ।
देशका अधिकांश जिल्लाका मानिसहरुको नेपलगञ्जमा बसोबास बढेसंगै यहाँ छठको रौनकता बढ्न थालेको हो । केही वर्षदेखि नियमित रुपमा हिन्दुहरुको अन्य चाडलाई बिशेष रुपमा मानिएजस्तै छठ पर्वलाई पनि मानाउन थालिएको छ ।
नेपालगञ्जको बागेश्वरी मन्दिरको तलाउलाई सजाउने, पुजाका लागि जाग्राम बस्नेहरुका लागि व्यवस्था मिलाइएको छ । रौनिकता बढेसंगै बागेश्वरी मन्दिरमा पुजापाठ गर्नेहरुको भीडभाड समेत बढेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय शासन व्यवस्थाबारे जानकारी

९ कार्तिक २०७४, बिहीबार १९:०२
सदरलाइनडटकम १० कात्तिक, नेपालगन्ज : संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नव निर्वाचित जनप्रतिनिधिलाई काम गर्न सजिलो पार्नको लागि स्थानीय सरकार सञ्चालन ऐन आएको बताएका छन् । युएसएआईडि नेपाल र बाताबरण तथा ग्रामिण विकास केन्द्र ईन्रुडेक कोहलपुरको सहयोग तथा जिल्ला समन्वय समिति बाँकेको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजित […]