जनताको अपेक्षा अनुसारको सेवा लिन केही समय पर्खनु पर्छ : सामान्य प्रशासन मन्त्री बस्नेत

२५ आश्विन २०७४, बुधबार १७:२९
 

सदरलाइनडटकम 
असोज, नेपालगन्ज : सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले जनताको अपेक्षा अनुसारको सेवा दिन अझै केही समय कुर्नु पर्ने बताएका छन् । उनले सामान्य प्रशासन मन्त्रालयले युएनडिपीको सहयोगमा स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिहरु संग प्रशासन, सर्वाजनिक वित्त तथा मानव स्रोत व्यवस्थापन सम्बन्धमा आयोजना गरेको तीनदिने अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।
उनले सिंहदरवारको अधिकार गाउँमा पुगेको अनुभुती गर्न कम्तिमा पनि एक वर्ष कुर्नुपर्ने बताउदै भने–‘सिंहदरवार गाउमा आउन ७० वर्ष कुर्नुप¥यो । सिंहदरबारको आधिकार गाउमा पुगेको अनुभूती गर्नको लागि अझै एक वर्ष कुर्नु पर्छ ।’ स्थानीय सरकार सञ्चालनमा कर्मचारी तथा अन्य जनशक्तिको अभावमा केही कठिनाई आएकोले सरकारले त्यसको समाधानको लागि पहल गरि रहेको उनको भनाई छ ।
उनले स्थानीय तहमा आवश्यक प्राविधिक तथा लेखा प्रणाली चुस्त दुरुस्थ राख्न सक्ने जनशक्तिको अभावमा स्थानीय सरकारले बनाउने बजेटको कार्यान्वयनमा समेत असर परेको बताउदै भने –‘ स्थानीय सरकारले बिनियोजन गरेको बजेको लागत स्टेमेट र डिपिआर तयार गर्न समेत अवरोध भएको पाईएको छ ।’
उनले स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएर काम थालनी गरि सक्दा पनि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकायमा आवश्यक कर्मचारी तथा जनशक्ति कुन पदका कति संख्या चाहिने हो त्यसको माग पनि नआएकोले व्यवस्था गर्न गाह्रो भएको बताए ।
स्थानीय तहमा वडा सचिव, कार्यालय सहयोगी, लेखापाल, तथा प्राविधिकको अभावमा विभिन्न योजना तथा काम कारवाही प्रभावित भएका छन् । मन्त्री बस्नेतले कर्मचारी परिमार्जन गर्नको लागि आवश्यक एृेन नियम मस्यौदा गरी संसदमा पेश गर्नको लागि आफहरु तीब्र रुपले लागि परेको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीसहजार घुससहित थारु परे अख्तियारको पञ्जामा

२५ आश्विन २०७४, बुधबार १७:२९
सदरलाइनडटकम  २५, असोज कोहलपुर : अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय कोहलपुरले सेवाग्राहीसंग घुस लिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जारी गरेको विज्ञप्तीमा ईलाका बन कार्यालय राजापुर बर्दियाका बन रक्षक सिताराम थारुलाई सेवाग्राहीबाट काठ निकासीको छुटपूर्जीको म्याद थपिदिने प्रयोजनको […]

सम्बन्धित