बाँकेमा खानेपानी परीक्षणका लागि नमुना संकलन

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १७:३६
 

नेपालगञ्ज : बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध पिउने पानीको अवस्थाका बारेमा अवगत गराउन विभिन्न सार्वजनिक स्थानमा प्रयोग हुने खानेपानीको परीक्षणका लागि नमुना सङ्कलन कार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सामूहिक रूपमा प्रयोग गरिने प्रकृतिका संस्था तथा स्थानबाट उपभोग भइरहेको पानीको शुद्धता मापन गर्नका लागि विभिन्न सार्वजनिक स्थानबाट वितरण भइरहेका पिउने पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रजिअ पोखरेलले बताए ।


प्रजिअ पोखरेलका अनुसार तीन हजार विद्यार्थीले दैनिक प्रयोग गर्ने नेपालगञ्जको धम्बोझी माध्यमिक विद्यालय, १५ सय विद्यार्थीले दैनिक प्रयोग गर्ने बैजनाथको प्रभात माध्यमिक विद्यालय, १२ सय विद्यार्थीले दैनिक प्रयोग गर्ने बैजनाथकै हिमालय विद्या निकेतन र ५ सय बढी बिरामीले दैनिक प्रयोग गर्ने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट पिउने पानीको परीक्षणका लागि नमुना सङ्कलन गरिएको हो ।

त्यसैगरी पाँच हजार ३ सय घरधुरीले प्रयोग गर्ने कोहलपुरको कोहलपुर बृहद् सहरी खानेपाी उपभोक्ता समिति, १४ सय घरधुरीले प्रयोग गर्ने नेपाल खानेपानी संस्थान राँझाबाट आलानगर नेपालगञ्ज क्षेत्रमा वितरण हुने पानी, १ सय २५ घरधुरीले प्रयोग गर्ने एअरपोर्ट नजिकको कारकाँदो खानेपानी उपभोक्ता समिति र नेपालगञ्जको धम्बोझी चोकस्थित एक हयाण्ड पम्पको पानीको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा अनुगमनमा गएको सरोकारवालाको टोलीले विभिन्न स्थानबाट खानेपानीको परीक्षणका लागि नमुना सङ्कलन गरी प्रयोगशाला पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव सेवा आश्रमले नेपालगञ्जमा ‘आमा सेमिनार’ गर्ने

२३ मंसिर २०८०, शनिबार १७:३६
नेपालगञ्ज : मानव सेवा आश्रम नेपालगञ्ज शाखाले ‘आमा सेमिनार’ गर्ने तयारी गरेको छ । मानवता प्रवर्द्धन कार्यक्रम अन्तरगत यही मंसिर २७ गते एक दिने सेमिनार गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मानव सेवा आश्रम नेपालगञ्ज शाखामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी ‘रुपा’ले बुधबार […]