नेपालगन्जमा पहिलो पटक राष्ट्रिय शैक्षिक महोत्सव हुदै 

५ आश्विन २०७४, बिहीबार १९:३३
 

सदरलाइनडटकम 
५ असोज, नेपालगन्ज  :  ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक राष्ट्रव्यापी शैक्षिक महोत्सव हुने भएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाकेको आयोजनामा नेपालगन्ज—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा आगामि मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव—२०७४ हुने भएको हो । ‘पश्चिम क्षेत्रकोे शैक्षिक हबका रुपमा रहेको नेपालगन्जमा पहिलो पटक महोत्सव गर्दैछौं’, महोत्सवका बारेमा जानकारी दिन बिहिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा  पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका संस्थापक अध्यक्ष तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले भने,—‘शिक्षा क्षेत्रको विकासमा टेवा पु¥याउने उदेश्यले महोत्सव गर्दैछौं ।’  महोत्सव पश्चिम नेपालमा ‘पढा“ै र पढाऔ’ संस्कृतिको विकास गराई सभ्य एवं शालिन समाजको निर्माण अभियानमा कोशे ढुगां सावित हुने  नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका सल्लाहकार  समेत रहेका लामिछानेले बताए ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“के शाखाका प्रथम उपाध्यक्ष सालिक सुवेदीका अनुसार ७ दिनसम्म सन्चालन हुने महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उदेश्य रहेको छ ।‘अन्तर विद्यालय तथा कलेजस्तरीय विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापहरु सन्चालन गरिनेछ । बदलिदो राज्यको संरचनास“ंगै शिक्षाकोे स्वरुप, नेपाली साहित्यको रुपरेखा लगायतका विषयहरुमा सम्बन्धित बिज्ञहरुलाई उपस्थित गराई अन्तरक्रियाहरु सञ्चालन गरिनेछ ।’–महोत्सवका बारे जानकारी दिंदै सुवेदीले भने । पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बा“केका सचिव सागर ज्ञवालीले महोत्सवमा विभिन्न बिधामा पुस्तक लेखन, सम्पादनका साथै शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई बिगतमा जस्तै राष्ट्रिय सम्मान गरिनुका साथै परनिर्भतामा रहेको शैक्षिक सामाग्रि तथा मसलन्दको आयातलाई घटाउने कार्यमा अह्म भूमिका निर्वाह गरेका  उत्पादक उद्योगी, व्यवसायीलाई सम्मान गरिने जानकारी दिए । उनका अनुसार महोत्सवमा दुई लाख बढि दर्शक भित्राईने छ भने १ सय ५० बढि स्टलहरु रहने छ । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् ।महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने सचिव ज्ञवालीले बताए । महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै  जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ । प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमश ः२०६६ मा पुन : बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाण्डौ ,२०७३ मा दाङ हुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बा“केको नेपालगन्जमा गर्ने तयारीका भइरहेको हो । बिहिवार आयोजित पत्रकार सम्मेलनको अध्यक्षता पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका बा“के शाखा प्रथम उपाध्यक्ष सालिक सुबेदीले गरेका थिए भने सन्चालन सचिव सागर ज्ञवालीले गरेका थिए । प्रमुख अतिथी केन्द्रीय सल्लाहकार बसन्त लामिछाने थिए भने साहित्यीक उपसमितिका संयोजक ऋषीराम सापकोटा, नेपाल पत्रकार महासंघ बा“केकी उपाध्यक्ष रुपा गहतराज, शिक्षा पत्रकार समुहका रुद्र सवेदी, बरिष्ठ पत्रकार जे पाण्डे, कृष्ण खनाल, भेषराज बस्नेत, अक्षरी पोख्रेल लगायतले महोत्सव सफलताको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक महिने निःशुल्क दिवा बाल स्याहार केन्द्र समापन

५ आश्विन २०७४, बिहीबार १९:३३
सदरलाइनडटकम  ५ असोज, नेपालगन्ज : गत साउनको अन्तिम सतामा आएको बाढीका कारण प्रभावित तथा पीडित बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याईएको एक महिने निशुल्क दिवा बाल स्याहार केन्द्रको समापन भएको छ । एसओएस बालग्राम नेपाल, महिला तथा बालबालिका कार्यालय बर्दिया तथा बर्दिया जिल्ला प्रशासनको अनुरोध तथा स्वीकृतमा सञ्चालित एक महिने दिवा […]