बाँकेमो लगाइएको बसन्ते मकैमा फौजी किराको प्रकोप

सदरलाइन संवाददाता १९ चैत्र २०७८, शनिबार १७:३५
 

नेपालगञ्ज :  बाँके, बर्दिया, कैलालीलगायत तराईका जिल्लामा लगाइएको बसन्ते मकैमा अमेरिकन फौजी किराले किसानलाई चिन्तित बनाएको छ । हुर्कदै गरेको मकै बालीमा किरा देखिएपछि किसान चिन्तित बनेका हुन् ।

अमेरिकन फौजी कीराले छोटो समयमा नै बाली सखाप पार्ने भएपछि किसानले विषादि छर्कन शुरु गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ सर्रीका किसान चक्रबहादुर थापाले १५ कठ्ठामा लगाएको मकैमा फौजी किराले आक्रमण गरेर हैरान गरेको बताए ।

त्यस्तै, बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनियाका किसान जयपाल मौर्यले ८० कठ्ठामा बसन्ते मकै लगाएका छन् । उनले लगाएको मकैमा अमेरिकन फौजी किरा भरिएको छ । यसरी जिल्लाभरी नै आक्रामक अमेरिकन फौजी किरा देखिएपछि कृषि ज्ञान केन्द्र बाँकेले समस्या निराकरणका लागि पहल थालेको छ ।


विभिन्न संघ संस्था तथा निकायको सहयोगमा ज्ञान केन्द्रले स्थलगत अनुगमन र निशुल्क रुपमा औषधीको व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । बाँकेमा यो बर्ष बसन्ते मकै ३५ सय ५० हेक्टर क्षेत्रफलमा रोपिएको छ ।

बाँकेमा मकैको पकेट क्षेत्रका रुपमा राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्र छन् । यी बाहेक अन्य स्थानमा पनि निर्वाहमुखि मकै खेती गर्ने किसान बढिरहेका छन् ।

उता बर्दिया जिल्लाभरी पनि फौजी किरा देखिएको एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरेले बताए । उनकाअनुसार बर्दियामा यसबर्ष बसन्ते मकै ४१ सय हेक्टरमा लगाइएको छ । किरा नियन्त्रणका लागि स्थलगत अनुगमन गरेर काम शुरु गरिएको उनले बताए ।

यस्तै कैलालीमा पनि फौजी किराको आतङ्क फैलिएपछि विषादी वितरण गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । कैलालीमा चारसय हेक्टरमा ६ सय परिवारले मकै खेती गरेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । अमेरिकन फौजी किरालाई मिचाहा सिपाही किरा, खतरनाक फौजीकिरा तथा आक्रामक फौजीकिरा पनि भन्ने गरिएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गममा आउनै मान्दैनन् कर्मचारी

१९ चैत्र २०७८, शनिबार १७:३५
कालिकोट : दुर्गममा जिल्लामा कर्मचारी आउन नमान्ने गरेको पाइएको छ। दुर्गम जिल्लाका सरुवा भएको भएता पनि उनीहरुले आउन नमान्ने गरेका छन्। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरबन्दी अनुसार राज पत्राकिंत द्धितीय श्रेणी उपसचिव १०औं तहको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भएको […]