छात्रमा दीपज्योती र छात्रामा जनज्योतीलाई उपाधि

१ भाद्र २०७६, आईतवार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन गरिएको क्वीक्स कप अन्तरविद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती मावि, चिसापानी र जनज्योती पब्लिक हाइस्कूल कोहलपुरले हात पारेको छ । नेपालगञ्ज रंगशालामा भएको फाइनलमा खेलमा छात्रतर्फ दीपज्योती र छात्रातर्फ जनज्योतीले बाजी मारेका हुन् ।
जनज्योतीले अमर मावि, गौतमबस्तीलाई ६–० गोलले पराजित गर्यो । जनज्योतीको उपाधि जीतमा दुई खेलाडीले ह्याट्रिक गरेका थिए । अञ्जली चौधरी र रोजी सुवेदीले ह्याट्रिक गरेर टीमलाई जीत दिलाउँदा अमर मावि निरीह बनेको थियो । अञ्जलीले ६, १४ र २७ मिनेट तथा रोजीले ३१, ५५ र ५९ मिनेटमा गोल गरेकी थिइन् । क्वीक्स कप छात्रा फुटबलमा आठ वटा टीमले भाग लिएका थिए ।
छात्रको फाइनल अझ रोचक बनेको थियो । शुरुवाती दुई गोलको अग्रतालाई जोगाउन नसक्दा दीपज्योती विद्याश्रम, चप्परगौडी उपविजेतामा सीमित हुन पुग्यो । दुई गोलले पछि परेर पनि दीपज्योती मावि चिसापानीले ‘कम्ब्याक’ ग¥यो । उसले दीपज्योती विद्याश्रमलाई ५–३ गोलले पराजित गर्दै उपाधी जित्यो । दीपज्योती मावि, चिसापानीको तर्फबाट लक्ष्मण रानाले दुई, सुमित थापामगर, राजु चौधरी र सन्दीप सोनीले एकएक गोल गरेका थिए । दीपज्योती विद्याश्रमबाट ईश्वर श्रेष्ठले दुई र गणेश कुँवरले एक गोल गरे ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, राखेपका सदस्य विनोद मैनाली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कार, प्रमाणपत्र र शिल्ड वितरण गरेका थिए ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको क्वीक्स कपमा छात्रतर्फ ३२ र छात्रातर्फ आठ वटा स्कूलले भाग लिएका थिए । क्वीक्स कपका शुरुवाती खेलहरु पुष्पलालचोकस्थित दंगा नियन्त्रण गण ब्यामशालामा भएको थियो । आठौं राष्ट्रिय खेलकुदपछि पहिलो पटक नेपालगञ्ज रंगशालालाई खुल्ला गरिँदा क्वीक्स कप सञ्चालन गरिएको थियो । स्कूले विद्यार्थीले जिल्लामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रंगशालामा खेल्ने मौका पाएका हुन् ।
हरियो बर्मुडा दुबोमा फुटबल खेल्न पाएपछि विद्यार्थीहरुले खुशी व्यक्त गरिरहेका थिए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले कार्यविधि बनाइसकेकाले रंगशालामा शुल्क लिएर फुटबल खेल्न दिने तयारी गरेको कार्यवाहक अध्यक्ष थापाले जानकारी दिए । यसैबीच नेपालगञ्जका मेयर राणाले आठौंले नेपालगञ्जमा दिलाएका करोडौका भौतिक संरचनाको संरक्षण चिन्ता गर्दै उपमहानगरपालिका संरक्षण गर्न तयार रहेको बताए ।

Next Post

बिद्यालय सुधारका लागि जानकीमा छलफल

१ भाद्र २०७६, आईतवार १७:४६
सदरलाइनडटकम, जानकी (बाँके) : जानकी गाउँपालिका–४ खजुराखुद्र्धस्थित जानकी माध्यमिक विद्यालयको समग्र व्यवस्थापन पक्ष सुधारका लागि पहल शुरु भएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आईतवार विद्यालयमा सरोकारवालाबीच सर्वपक्षीय छलफल गरिएको छ । छलफलमा जानकी गाउँपालिकाकै पुरानो विद्यालयका रुपमा रहेको जानकी माविको सुधारका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति […]