केम्सन बाँकेको साधारण सभा नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता ३२ श्रावण २०८०, बिहीबार १४:२५
 

नेपालगञ्ज : रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको प्रथम साधारण सभा बिहीवारदेखि नेपालगञ्जमा शुरु भएको छ ।

केम्सन बाँके तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका भक्तबहादुर हमालको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा शुरु भएको छ ।


संघका अध्यक्ष हमालले पानसमा दियो बाल्दै पहिलो साधारण सभाको उदघाटन गरेका हुन् ।

३७ बढी सदस्य रहेको केम्सन बाँकेको साधारण सभाले बिहीवारनै नयाँ नेतृत्व चयन गर्ने भएको छ । साधारण सभा नेपालगञ्जको सिद्धार्थ कटेजमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोरीपैठारीको लत्ताकपडासहित पाँच जना पक्राउ

३२ श्रावण २०८०, बिहीबार १४:२५
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट सशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षीय सिता प्रसाद कौली, २६ वर्षीय गुडु यादव, २४ वर्षीय राजेन्द्र कौली, २७ वर्षीय खर्मन पठान र २४ वर्षीय गुड्डुप […]